०३ बैशाख २०८१, सोमबार
15-04-2024 , Mon
×

कार दुर्घटनामा एकको मृत्यु, दुई जना गम्भीर

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

धिरज कोरी
कपिलबस्तु ,१९ बैशाख । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं १६  केराबारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु २ जना घाईते भएका छन ।

बिहिवार साझ बर्दघाट देखी त्रिबेणी जादै गरेको बा.१२ च २००९ नम्बरको कार तिब्र गतिका कारण अनियन्त्रित भई बिपरित दिशामा रहेको बिजुलीको पोलमा गएर ठोक्किदा सवारी चालक बर्दघाट नगरपालिका  वडा नं ४ बस्ने ४५ बर्षिय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए ।

यसै गरी पछाडी सवार सोही ठाँउ बस्ने  राम प्रसाद पाण्डे र गोकर्ण शर्मा घाईते भएको हुदाँ उपचारको लागी भरपुर पठाईएको थापाले जानकारी दिए ।

सवारी दुर्घटनामा परी मृत्यु भएको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले बताएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]