१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

चौधरी र कर्माचार्यको अगुवाईमा राहत बितरण जारी, पुनः लाहानका एकल महिला र ज्येष्ठ नागरिकलाई राहत

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

 

मनोज बनैता, सिरहा, २३ बैशाख । लकडाउनको मार झेलीरहेका एकल महिला र ज्येष्ठ नागरिक लाई लाहान स्थित सिरहा एजुकेश्नल स्कुलमा राहत बितरण गरिएको छ । लकडाउन शुरूवात संगै राहत बितरणको पहलमा खनिएका चौधरी र कर्माचार्यको जोडी अहिले सकारात्मक चर्चा बटुलेका छन ।

नेपाली काङ्ग्रेसका युवा नेता महेश चौधरी र संगीता कर्माचार्यले विभिन्न ठाउँबाट राहत जोहो गरी वास्तविक पिडितलाई बाँडने काममा निरन्तर योगदान दिईरहेका छन । चौधरी को अनुसार सोमबार नगरपालिका भित्र रहेका ६० जना एकल महिला र जेष्ठ नागरिकहरु संगै केहि दैनिक ज्यालादारी गर्ने पिडित लाई शिवम रेन्बो स्कुल ,न्यु मनोकामना स्कुल,सलहेश फुलबारी स्कुल, मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरिएको छ ।

नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यको अनुसार राहत स्वरुप १० किलो चमाल,१ किलो आलू , १ किलो प्याज़,१ किलो परवल ,१ किलो नून सहितको राहत सामाग्री वितरण गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]