मनोज बनैता, सिरहा, २६ बैशाख । महेश र संगिताको जोडी राहत लिई घर घर पुगि बितरण गर्दैगरेको खबर छ । स्थानीय सरकार द्वारा दोस्रो चरणको राहत बितरण सम्बन्धमा छलफल चलिरहेकै बेला मनकारी महेश चौधरी र संगिता कर्माचार्यको जोडी दोस्रो चरणको राहत सामग्री लिई घर घर पुग्न थालेका हुन ।
लाहान १ (पशुपति आदर्श उच्च माध्यमिक बिधालयको दक्षिण पट्टि) मा यी जोडीले ४५ घरपरिवारलाई राहत बितरण गरेका छन । प्राप्त सुचना अनुसार विधालयको जग्गामा भाड़ा मा बस्ने, चियापसल गरी बस्ने, घर भाड़ा मा बस्ने दैनिक ज्याल्ला दारी को काम गर्ने, कलेज़ पढ़ने बिधार्थी तथा एकल महिला,बिपन्न हरुलाई १० केजी चमाल,१ केजी आलू,१ केजी फर्सी,१ पैकेट तेल र १ केजी नून गरि जम्मा ४५ घरपरिवारलाई नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्य ले राहत बितरण गरेकी हुन । राहत बितरणमा माखन भोग स्वीट्स, लक्की इंटरप्राइजेज, शुभलक्ष्मी र एपोलो ॐ बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेका हुन ।
त्यसैगरी लाहान -८ हुलाक़ टोल मा भाडेदार, दैनिक जयाला दारी गरी खाने, नागरिक़्ता नभएका र नगरपालिका बाट राहत नपाएका बृध,एकल महिला,दलित तथा बिपन्न हरूलाई १० केजी चमाल,१ केजी दाल,१ केजी आलू,१ पैकेट तेल र १ केजी नून गरि जम्मा ६० घर परिवार लाई नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्य द्वारा बितरण गरिएका छन । जसमा स्थानीय जितन यादव, ललिता यादव र एपोलो ॐ स्कुलले आर्थिक सहयोग गरेका हुन ।