०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

राष्ट्रिय युवा संघ नेपाल द्वारा लाहानमा रक्तदान

Logo
प्रकाशित आइतबार, बैशाख २८, २०७७

मनोज बनैता, सिरहा, २८ बैशाख । राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाद्वारा आईतवार रक्तदान कार्यक्रम गरिएको छ । लाहान – ७ स्थित राम मन्दिरको छेउमा सेनिटाईज गरि शुरु गरिएको उक्त कार्यक्रम नेकपा बाट निर्वाचित माननीय लगनलाल चौधरी ले उद्द्घाटन गरेका छन ।

कोभिड -१९ महामारीको बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरुभएको रक्तदान कार्यक्रममा प्रहरी लगायत स्थानीय युवाले रक्तदान गरेको खबर छ । रक्तदान कार्यक्रममा जम्मा १०० जना सहभागी हुने युवा संघका स्रोतले जानकारी गराएका छन ।

कार्यक्रममा रक्तदाताहरुलाई समाजिक दुरी बनाई आसन ग्रहण गराएको राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सिरहाका सह  संयोजक आशानन्द यादवले जनाएका छन । यादवले ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गर्नु जिवनदान गरेको सरह हुने बिश्वास ब्यक्त गरेका छन ।

नेकपा युवा नेता बिजय गुप्ता र सुरेन्द्र साहको अगुवाईमा भएको उक्त कार्यक्रम लकडाउनलाई मर्यादित बनाउदै भएको जिकिर गरिएको छ ।  ईलाका प्रहरी कार्यालय र ईलाका प्रशासनले निर्देशन दिए अनुसार भिडभाड नगरी पालैपालो रक्तदान गरिएको खबर प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]