
मनोज बनैता,सिरहा, २८ बैशाख । सिरहाको दक्षिणवर्ती एक दुर्गम गाउँमा ईन्जिनियरिङ कक्षा संचालन हुँदै आएको छ । सखुवानन्कारकट्टी गाउपालिका १ को मौवाही गाउँमा ३ वर्षे र ४ वर्षे डिप्लोमा इन ईन्जिनियरिङ कक्षा सन्चालनमा रहेको छ । धेरै कम समयमा श्री जनता नमुना मावि प्राविधिकधार मौवाही सखुवानन्कारकट्टी बिधालयले देशमै आफ्नो पहिचान बनाउनसफल भएको स्थानीय बताउँछन् । २०१७ सालमा निर्माण भएको यस बिधालय ले शिक्षा क्षेत्रमा राम्रो प्रगति गरेको देखिएको छ । सिरहामा जम्मा पाँच नमुना विद्यालयहरु छन जसमा मौवाहीको आफ्नै छुट्टै बिशेषता रहेको पाईन्छ ।
विद्यालयलाई नाम र पहिचान को लागी यस बिधालयका प्रधानाध्यापक रामपृत यादवले अहम भुमिका खेलेको छ । प्रधानाध्यापक यादव र विद्यालय व्यवस्थापन समितिको परिश्रमले यस बिधालयले सिरहा बाहिर पनि उत्तिकै चर्चा बटुलेका छन । सिरहाको विकट गाउँ मानिएको मौवाहीमा प्राविधिक कक्षा सिभिल इन्जिनियरिँग (डिप्लोमा)को ४ बर्षे र ३ बर्षे कोर्षको कक्षा संचालनमा रहेको छ । बिधालय स्रोतअनुसार तीन बर्षेमा ३० जना र चार बर्षेमा ४८ जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ बाजुरा, सप्तरी, सिरहालगायतका विद्यार्थी सिभिल इन्जिनियरिँग पढदै आईरहेका छन ।
प्रधानाध्यापक यादवको अनुसार उनी २०६८ मा सरुवा भई यस बिधालयमा आएका थिए । त्यतिबेला मात्र ५ कक्षाकोठामा सिमित रहेको यो स्कुलमा हाल २५ कोठा रहेका छन । उनको व्यापक पहलमा वर्षे पिच्छे कोठा थपिदै गएका हुन । जम्मा ३ बिघामा फैलिएको यो बिधालय हालमा पनि भवन निर्माणलाई जारी राखेको यादव बताउँछन् ।
यादव ले दिएको जानकारी अनुसार आव ७०/७१—७१/७२ मा ८ कोठा, ७३/७४ मा ४ कोठा, ७४/७५ मा ४ कोठा, ७४/७५ मा पर्खाल, ७५/७६ मा २ कोठा थप गरी २५ कोठा निर्माण भएको छ । भौतिक निर्माण संगै यस बिधालयको बिद्यार्थी संख्यामा पनि उल्लेख्य प्रगति भएको छ । यादवको सक्रियता र समर्पण ले केही वर्षको अन्तरालमै १३० जना बिद्यार्थी बाट अहिले ८३० जना पुगेको छ ।
विद्यालयमा महिलामैत्री शौचालय को साथ साथ खानेपानीको पनि उचित प्रबन्ध गरिएको छ । यादवले कुराकानी गर्दै भने “आजको हाम्रो ईन्जिनियरिङ छात्र छात्रा ले नै भोलि हाम्रो देशको कायापलट गर्नमा मद्दत गर्ने छन । हामी अहिले बिकासको बिजारोपण गर्दैछौँ ।”