३१ भाद्र २०८१, मंगलबार
17-09-2024 , Tue
×

भ्रष्टाचार नियन्त्रणको लागि अनुगमन प्रस्ताव दर्ता

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

मनोज बनैता, सप्तरी, ३० बैशाख । सप्तरीको बलान बिहुल गाउपालिकामा भ्रष्टाचार नियन्त्रणको लागि अनुगमन प्रस्ताव दर्ता गरिएको छ । गा.पा का उपाध्यक्ष रुबि गुप्ता द्वारा भ्रस्टाचार नियन्त्रण गर्न अनुगमन प्रस्ताव दर्ता गरिएको हो ।

गा.पा का प्रमुख प्रशासकीय अधिकृत राम सुन्दर थापा र लेखा प्रमुख कमलेश कुमार साह लाई उदृद गर्दै गा.पा कार्यालय, विभिन्न शाखा कार्यालय द्वारा संचालित योजनाहरुमा बिना अनुगमनको भुक्तानी प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको छ ।
उता अध्यक्ष दयानन्द गोईतले अनुगमन प्रस्ताव दर्ताको लागि धन्यवाद दिएका छन । गोईतले प्रक्रियागत रुपमा गए जनता सामु पार्दर्शिता हुने बिश्वास ब्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

सिरहा, १३ भदौ । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उहाँले सो रकम प्रयोग गर्न पाउनुभएको छैन । पछिल्लो एक वर्षदेखि पटकपटक […]

जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको मधेश भवनस्थित सरकारी निवासमा बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुग्धमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने […]