२२ भाद्र २०८१, आइतबार
08-09-2024 , Sun
×

सप्तरीका एक वडा अध्यक्षले दिल्लीबाट आएका आफ्ना छोरालाई घरमा लुकाए

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

मनोज बनैता
सिरहा, २ जेष्ठ । सप्तरीका एक वडा अध्यक्षले दिल्लीबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइन न पठाई घरमै लुकाएर राखेको खबर छ । पढाईको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका सप्तरी बोदे बरसाईन नगरपालिका -६ का युवक बुधबार राति घर आएका हुन ।

प्राप्त जानकारी अनुसार दिल्लीबाट आएका युवक बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम साहका छोरा हुन ।

उनी भारतको नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययनरत छन । (नाम गोप्य राख्ने शर्तमा) स्थानीयले भने ‘हाम्रा अध्यक्ष ज्युले छोरा दिल्लीबाट आएपनी क्वारेन्टाइनमा नराखी घरमा लुकाएकोले सम्पुर्ण बोदे बरसाईन नै सम्भावित संक्रमणको खतरामा छ’ उनले  भने कि अध्यक्षको नैतिक जिम्मेवारी हो कि आफ्नो छोरालाई केहि दिन क्वारेन्टाइनमा राखोस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा, १३ भदौ । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उहाँले सो रकम प्रयोग गर्न पाउनुभएको छैन । पछिल्लो एक वर्षदेखि पटकपटक […]

जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको मधेश भवनस्थित सरकारी निवासमा बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुग्धमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने […]

काठमाडौँ, १२ भदौ । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिनुभयो । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त […]