मनोज बनैता, सिरहा, ८ जेठ। कृषि टेलिभिजनमा मधेसी समुदायलाई हेप्ने गरि संचालन हुँदै आएको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रम विरुद्ध पत्रकार विपी साहले नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन । नेपालमा ख्याति कमाएका ‘हुलाकी न्युज डट कम’ का संचालक विपी साहका अनुसार कृषि टेलिभिजन द्वारा प्रसारित उक्त कार्यक्रममा मधेसी समुदायको भाषा, भेषभुषा, लवज, शारीरिक रंग, खानपिन माथि सांकेतिक रुपमा घृणा फैलाउने र होच्याउने काम भएको हो ।
पत्रकार साहले उक्त टेलिभिजन माथी कारवाहीको मांग गर्दै उजुरी दिएका हुन । जानकारी अनुसार उनको अनलाइन उजुरीको दर्ता नम्बर २४ सय ७७ रहेको छ । संविधानत: कुनै पनि समुदायलाई उनको भाषा, भेषभुषा र रंगको आधारमा होच्याउन नपाउने ब्यवस्था रहेको छ । यद्यपि राष्ट्रिय मिडिया भनाउदाहरु बारम्बार यस्ता घृणित कार्य गर्दैआएको अधिकान्स मधेसी युवाहरुको आरोप रहेको छ ।