०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

घरबेटीकी छोरी (लघु कथा)

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

‘इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी’ भातको कुकरमा सिटी लगाउन समेत अल्छी लाग्ने मलाई अचार–तरकालीको स्वाद चखाउने ऊ नै त हो । आहा, कस्तो मिठो पकाउँछे घरबेटीकी छोरीले ।

अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखै अगाडि उसले मुख कुचुक्क पार्दै हात नचाई । सेतो दाद आएछ ।

मैले उसको दाहिने हात आफ्ना हातमा राखेर सान्त्वना दिएँ, ‘पिर नगर, बेलुका धुरी कटाएर अगुल्टामा लुतो फालेपछि चट्ट हुन्छ ।’

‘हरिया चुरा देखाको पागल’, ऊ ठसक्क परेर कम्मर मर्काउँदै माथिल्लो तला उक्ली । ऊ ठसक्क पर्दा र मसक्क पर्दा म नहेरी बस्न सक्दिनँ । हेरिरहें । उसले पकाउने तरकारी जस्तै स्वादिली छे ऊ ।

बेरोजगार इञ्जिनियर बन्नु पनि निकै गाह्रो हुँदो रहेछ । सबैलाई आशा छ, आफूलाई भरोसा छैन । भरोसा त आफ्नोभन्दा पनि घरबेटीकी छोरीको छ मलाई । कयौं पटक त मेरो कोठा भाडा समेत उसैले तिरिदिएकी छे, आफ्नै हिटलर बाउलाई । मैले दिएको भनेर ।

तनाब भो । घरबेटीकी छोरीलाई बिहेको लागि हेर्न केटाहरू आएको आयै छन् । यस्तो बेरोजगारीमा उसकै घरभित्र उसैलाई कसरी भित्र्याऊँ रु

आज धुरी कटाउने अगुल्टोसँगै मनभित्र राँकिएर खरानी पर्न आँटेका उसका यादहरू पनि कटाउँछु सायद । नाइँ, उसले मलाई यस्तो कठोर बन्न सिकाएकै छैन । म डेरा सर्दैछु ।
घरबेटी बुढोले सानो स्वरमा अमेरिका र अष्ट्रेलिया भनेको सुन्दैछु । उसको मनले चाहिं डेरा सर्ने नसोचोस् प्रभू ?

प्रकाश गिरी (लघु कथा)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]