१७ आश्विन २०८१, शुक्रबार
04-10-2024 , Fri
×

स्थानिय युवानेताद्वारा बोर्डरमा खटिने सशस्त्रलाई स्वास्थ सामग्री प्रदान

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

मनोज बनैता, सप्तरी, ११ जेठ । सप्तरी बलानबिहुल गाउपालिका १ का युवा नेता खेमचन्द्र यादव (शिवराम) द्वारा सिमा क्षेत्रमा दिनरात खटिएका सशस्त्र प्रहरी बललाई के.एन ९५ मास्क प्रदान गरिएको छ ।

नेता यादवले जिल्लाको सीमावर्ती बलान बिहुल गाउँपालिका ४ बेल्हि स्थित सिमामा खटिएका सशस्त्र प्रहरीलाई मास्क, पन्जा  र सेनीटाइजर लगायतका सुरक्षा सामग्री प्रदान गरेका हुन ।

लकडाउनको शुरूवात देखिनै दिनरात खटिरहने सशस्त्र प्रहरी  बललाई सुरक्षा सामग्री प्रदान गरेको नेता यादव ले बताए । युवा नेता यादव नेकपा पार्टीमा आबद्ध छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

सिरहा, १३ भदौ । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उहाँले सो रकम प्रयोग गर्न पाउनुभएको छैन । पछिल्लो एक वर्षदेखि पटकपटक […]