१७ आश्विन २०८१, शुक्रबार
04-10-2024 , Fri
×

अनलाइन मिडिया सबभन्दा बढी आचारसंहिता उल्लघङ्न गर्नेमा

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डू,१६ जेठ ।नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा सञ्चारमाध्यमको विश्वसनीयतासम्बन्धी अध्ययन÷सर्भेक्षण प्रतिवेदन प्रेस काउन्सिल नेपाललाई हस्तान्तरण गरेको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा सबैभन्दा विश्वासिलो सञ्चारमाध्यम टेलिभिजनलाई लिएका छन् । सवेक्षणमा सहभागी ५० प्रतिशतले सबैभन्दा विश्वासिलो सञ्चारमाध्यमका रूपमा टेलिभिजनलाई लिने गरेकोे, त्यसैगरी दोस्रो र तेस्रोमा क्रमशः पत्रपत्रिका पढ्ने १८.२ प्रतिशत र रेडियो सुन्ने १७.६ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ ।

सहभागीको सामाजिक सञ्जालप्रतिको विश्वास र प्राथमिकता रोजाई ज्यादै न्यून १.१% मात्र रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सामाजिक संजालबाट विश्वसनिय सूचना प्रस्तुत हुन नसकेको र यी माध्यमको लोकप्रियता क्रमशः घट्दै गएको तथ्य नतिजाले देखाएको छ । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३ः१ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै ६२.५ प्रतिशत उत्तरदाताले सञ्चारमाध्यमले पालना गर्नुपर्ने पत्रकार आचारसंहिता सामान्य पालना भइरहेको, करिब १४.८% उत्तरदाताको विचारमा आचारसंहिताको पूर्ण पालना भएको र १३.६% उत्तरदाताले न्यूनरूपमा पालना भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आचारसंहिता उल्लङ्घनको तथ्याङ्कलाई हेर्दा करिब ९०.९ प्रतिशत सहभागीको बुझाइमा सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको देखिएको छ । सर्भेक्षणमा समावेश गरिएका सञ्चारमाध्यममध्ये दोस्रो उल्लङ्घन गर्ने पत्रपत्रिका चार प्रतिशत र तेस्रो उल्लङ्घन गर्नेमा टेलिभिजन ३.४० प्रतिशत रहेको सर्भेक्षणबाट देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]