०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

त्रिभुवनचोकमा राष्ट्रिय झण्डा राखिने

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

न्यूजमधेश सम्बादाता
नेपालगञ्ज,१८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

बैठकले नेपालगञ्जको त्रिभुवनचोकमा स्तम्भ निर्माण गरी राष्ट्रिय झण्डा राख्नाका साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी भएकाले पुनरवलोकन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]