मुकेश कुमार यादव
सिरहा, ५ असार । सिरहाको बरियारपट्टीमा गुणस्तरहिन काम हुँदैगर्दा उक्त काम रोक्न जाने ईन्जिनियरलाई धम्की दिईएको छ । बरियारपट्टी ३ नवटोलिमा विकास निर्माणका काम गुणस्तरहीन भएको जानकारी पाएपछि इन्जिनियर सुरेन्द्र यादवले रोक्न गएका थिए तर उपभोक्ता समितिको धम्की पछि उनी फर्किएको सुचना छ ।
नबटोलिमा पोखरीको घाट निर्माण काममा उपभोक्ता समितिद्वारा काम भईरहेको ठाउँमा गुणस्तरहीन बालुवा र ढुङ्गा ( गिट्टी ) लगायत मापदण्डविपरीतको सिमेन्ट प्रयोग भईरहेको जानकारी प्राप्त भएपछि ईन्जिनियर रोक्न गएका थिए तर स्थानिय उपभोक्ताको दादागिरी ले गर्दा उक्त गुणस्तरहिन काम रोकिएको छैन ।
गुणस्तरहीन कार्य रोनक आएको इन्जिनियर यादवलाई उपभोक्ताा समितिले भने बिनियोजित गरेको बजेट बाट यो काम पुरा हुदैन र कार्य आदेश चाहिि प्रमुख प्रशासकीय अधिकृत वाट लिएको छु।
इन्जिनियर यादवले भने यस्तो गुणस्तरहीन कार्य गरेपछि कार्यको मुल्यांकन गर्न सकिदैन तर उपभोक्ता समितिले आफ्नै लगानीमा गर्ने उत्तर दिएपछि ईन्जिनियर यादवले गा.पा अध्यक्ष सन्तोष यादवलाई जानकारी गराएका छन ।
अध्यक्षले भने ‘नेपाली जनता बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कारण विकास निर्माण कार्य अस्तब्यस्त भएको बेला उपभोक्ता समितिको मनोमानी नचल्ने आश्वासन दिएका छन साथै अगामी आर्थिक वर्षमा ५ लाख भन्दा बढीको काम टेन्डर प्रक्रियाबाट गरिने प्रतिबद्धता जाहेर गरे ।