
मनोज बनैता
सिरहा, ११ असार । लकडाउनको पहिलो साता देखिनै निरन्तर रुपमा खाद्यान तथा पौष्टिक आहार वितरणमा लागेका महेश चौधरी र संगीता कर्माचार्यको जोडीले निकै चर्चा बटुलेका छन । यी जोडीको अभियान ले लाहान नगरपालिका भित्र राजनैतिक हलचल पैदा गरेको छ ।
यिनका आलोचकहरु हाल चर्मराउदै विभिन्न टिप्पणी गर्न थालेका छन । कतिपयले यी जोडीको समाजसेवालाई ‘राजनैतिक मैदान बनाउने रणनीति’ को रुपमा समेत परिभाषित गरेका छन । उता समाजसेवी कर्माचार्यले हरेक आलोचनालाई सकारात्मक रुपमा लिदै भन्छिन ‘काम गर्दा आलोचना हुनेगर्छ, आलोचना हुदैमा चुप लागेर हामी घर बस्दैनौ ।’
म.स जोडीको कामलाई राजनैतिक रङ्ग दिनेलाई कर्माचार्यले प्रस्ट पार्दै भन्छिन “नेपाली काङ्ग्रेस मेरो आस्था हो, कमाउने भाँडो होईन । हामी यस संबेदनसिल अवस्थामा राजनैतिक चाल चाल्नु भन्दा पनि गरिब, मजदुरको हाल प्रति गम्भीर छौ । पार्टी एक ठाउँमा छ र हाम्रो समाजप्रतिको उत्तरदायित्व अर्को ठाउँमा’ सकारात्मक कामको लागि झन उर्जा दिन उनले लाहानवासी संग अपिल गरेकी छिन ।