
मनोज बनैता
सिरहा, २८ असार । मधेश आन्दोलनको उद्गम भूमि सिरहाको लाहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादको कारणले गर्दा लाहानका सैकडौ कार्यकर्ताहरुको अगुवाइमा शनिबार जूलूस निकालिएको थियो ।
पार्टी भित्रको निरन्तर बिवाद ले गर्दा देशैभर प्रदर्शन तथा भेला हुने कार्य जारी छ । मधेश आन्दोलनको मेरुदण्ड मानिने लाहान नगरका हजारौं ओली समर्थकहरुले प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी गरेका थिए ।
नागरिक समाजका युवा नेता रियासत लिमि मुन्नाको संयोजन तथा मोहम्मद इसराइल सिद्दिकी , इशा शेख ,जिब्रिल शेख लगायतका युवाहरुको सहयोगमा लहानमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डा र ओलीको तस्विर सहितका प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका थिए । समर्थकहरुले लिपुलेक हाम्रो हो, सरकार ढाल्न पाइँदैन, राजनीतिक स्थिरता चाहियो जस्ता नारा लगाउँदै लहान बजारको विभिन्न स्थानको परिक्रमा गर्दै प्रदर्शन गर्दै लहानको सहिद चौकमा कोण सभा गरेका थिए।