२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

लाहान १३ को ‘कुटपिट’ काण्ड झन जटिल बन्दै, पालै पालो पत्रकार सम्मेलन, मुद्दा दायर

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

रासिन्द्र यादव
सिरहा, २९ असार । लाहान १३ स्थित भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडा अहिले आएर जटिल बन्दै गएको छ । कुटिएका ममता यादव पक्षधर र कुटपिटको आरोप लागेका सुखिपुर नगरपालिकाका का वडा अध्यक्ष रामलोभित यादव पक्षधर ले यस मुद्दालाई झन्झन् पेचिलो बनाएको छ । ममता र रामलोभीत पक्षधरले पालैपालो पत्रकार सम्मेलन गरि आआफ्नो पीडा पोखेका छन ।

वडा अध्यक्ष यादवको अनुसार उनलाई षड्यन्त्रपुर्वक फसाउन खोजिएको छ । उनलाई उनकै छिमेकीहरुले बचावको लागि ममता यादवलाई दोष दिईरहेका छन भने उता ममताको छिमेकीहरुले वडा अध्यक्षको गल्ती भएको दावी गरिरहेका छन ।

महिलाहरू बिच भएको विवादले उग्ररूप लिएपछी कुटपिट भएको स्थानीयको भनाई रहेको छ । महिलाहरू बिच भएको झगडाको बेला आफू उपस्थित पनि नरहेको भन्दै आफू माथि छल भईरहेको अध्यक्ष यादवको असन्तुष्टि रहेको छ भने उता ममता पक्षधरले अध्यक्ष स्वयं कुटपिटमा सम्लग्न रहेको दावी गर्छन । स्थानीय रियासत अन्सारीको अनुसार उनी घटनाको बेला त्यहाँ उपस्थित थिए र अध्यक्ष यादवले नै आक्रमण गरेको उनको दावी रहेको छ । त्यसैगरी अर्का एक स्थानीय प्रकाश के.सी ले पनि घटना भएको बेला अध्यक्ष यादवको उपस्थिती रहेको दावी गर्छन ।

स्थानीय ममता यादव र वडाध्यक्ष यादवकी बुहारी रीता यादव र रेखा यादव बीच भएको लछारपछारमा घाइते भएकी ममता यादवलाई अध्यक्षले तत्कालै ६० हजार उपचार खर्च दिएको अध्यक्ष पक्षधरको दावी छ भने उता ममता पक्षधरले उक्त कुरालाई ईनकार गरेका छन ।

टोलमा प्रायजसो झगडा मिलाउन प्रयास गर्ने अध्यक्ष यादवलाई उल्टै फसाउने षड्यन्त्र भईरहेको त्यहीँका स्थानिय कृष्ण शर्मा र रागनी सिंह दुनुवारको भनाई रहेको छ । राजनैतिक पुर्वाग्रहको शिकार बनी आफुबाट दश लाख रकम मागेको र नदिए चरित्रहत्या गरिदिने धम्की ममता यादवबाट आएको अध्यक्ष यादवले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए ।

उता ममताले आफुलाई १० लाख रकम माग्न उस्काएको बताउछिन् । ममता पक्षधरको एक युवक रामनारायण यादवले पनि आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको दावी गरेका छन उनको भनाइमा पनि अध्यक्ष यादव घटनाको दिन त्यहाँ उपस्थित रहेको थियो । घटनाको मुद्दा दायर भईसकेको ममता पक्षधर ले जानकारी गराएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]