
रबिन्द्र श्रेष्ठ
लाहान, २ श्रावण । लहानको क्यान्सर केयर सेन्टरमा रोटरी क्लब अफ लहानको आयोजनामा वृक्षारोपण कायक्रम गरिएको छ । क्लबका अध्यक्ष शुशिल अग्रवालको अध्यक्षतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
लहान क्षेत्रमा हरियाली तथा बातवरण संरक्षण गर्ने उद्देश्यले बृक्षारोपन गरिएको क्लबका अध्यक्ष शुशिल अग्रवालले बताए । बृक्षारोपन कार्यक्रममा अशोकको बोट र गिलोई (गुर्जो , गुर्गुज) को बिरुवा पनि रोपिएको छ ।
बृक्षारोपन कार्यक्रमा आन्तरिक राजश्व: कार्यालय लहानका प्रमुख कमल बहादुर राजलवट बताउनुहुन्छ – ” गुर्जो एक किसिमको आयुर्वेदिक बिरुवा हो । यसमा धेरै किसिमको रोग निको पार्ने औषधिय गुण पाईन्छ । अहिलेको कोरोना भाईरस ( COVID -19 ) विश्वव्यापी महामारीमा यो जडीबुटी सेवन गरेमा शरिरमा ईम्युनिटी पावर बृद्धि भई धेरै नै रोकथाम गर्न सकिन्छ । मैले गुर्जोको बेर्ना लहानबाट नेपालको धेरै मन्त्रालय र स्थानमा पठाई नेपाल र नेपालीलाई स्वास्थ्य राख्ने अभिलाषा रहेको छ ।मैले गुर्जो नेपालको हरेक स्थानमा पुर्याउने र यसको महत्वको बारेमा प्रचार प्रशार गर्ने अभियानकै रुपमा लिएको छु। ”
बृक्षारोपन कार्यक्रममा सिराहा जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष तथा लहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोक लाल अमात्य, स्थानीय बुद्धिजीबी, ब्यापारी, संचारकर्मी र क्लवका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।