मनोज बनैता
सिरहा, ३ श्रावण । संघीय निजामति कर्मचारी सेवा ऐन विधेयकप्रति निजामति कर्मचारीहरुले असहमति जनाएका छन । शुक्रबार लाहान स्थित मारवाडी सेवा सदनमा गरिएको अन्तरक्रियामा निजामती कर्मचारीहरुले असहमति जनाएका हुन ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले सरकारको अलोकतान्त्रिक कदमको निन्दा समेत गरेका छन । मन्त्री मण्डलले भने कर्मचारीहरुलाई संघ संगठन निर्माण गर्न बन्देज लगाउनु आफैंमा कुन्ठित मानसिकता हो ।
मण्डलले प्रदेश २ सरकार सदैव कर्मचारीहरुको लोकतान्त्रिक अधिकारको लागि संघिय सरकार संग लडन तत्पर रहने बिश्वास दिलाए । वर्तमान संघीय सरकार असफल भइसकेको भन्दै मण्डलले भारतसँगको सास्कृतिक सम्बन्ध तोड्न अनावश्यक बयानवाजीमा लागेको सरकार धेरै दिन टिक्न नसकने दावी गरे ।
निजामति कर्मचारी मञ्चका केन्द्रिय अध्यक्ष भुवनेश्वर चौधरीले सरकारले वृति विकास रोक्नको लागि अहिले विरोधमा उत्रेको भन्दै विरोधको लागि जनता समाजवादी पाटीसँग समेत सहकार्य गर्ने बताउनुभयो ।
मञ्चका महासचिव वेचन महतोले विधेयक कर्मचारीको हक हितमा नआए निर्णयक आन्दोलन गर्न तयारी अवस्थामा रहन कर्मचारीहरुसँग आग्रह गरे ।
निजामति कर्मचारी मञ्च सिरहाका अध्यक्ष अमरेन्द्र यादवले कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनले राखेका १७ बुँदे माग जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत पठाउन तयारी भइरहेको बताए ।