१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

पिसिआर टेस्टको दायरा बढाई लकडाउन गर्नु आवस्यक : सांसद यादव

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

मनोज बनैता
सिरहा, १५ श्रावण ।
सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट जनता समाजवादी पार्टी बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले पुन: लकडाउनको प्रदेश २ सरकार समक्ष माग गरेका छन । यादवले प्रदेशमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमित थप्दै गएकोले जनधनको क्षति रोक्न प्रदेश सरकार समक्ष उक्त माग अघि सारेका हुन ।

यादवले पुर्ण पिसिआर टेस्ट को दायरा बढाई पुनः लकडाउन गर्नुको कुनै अन्य विकल्प नरहेको जनाएका छन। कोरोना कहर प्रति सजग रहनुको साथ साथै बाढी पिडित क्षेत्रमा अबिलम्ब ठोस् कार्ययोजना बनाई नदि काटन नियन्त्रण र पिडितलाई पुनःस्थापन गर्न राहत प्याकेज ल्याउन समेत यादवले प्रदेश सरकारलाई आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]