१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुग्यो

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ श्रावण । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ थियो ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आइतको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

सर्लाही । सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ। बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई लिएर विवाद भएर झडप हुँदा एक जनाको मृत्यु र प्रहरीसहित ८ जना घाइते भएपछि कर्फ्यू जारी गरिएको हो। बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा […]