१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

न्यूजमधेश सम्बादाता
बैङ्कक, ३२श्रावण । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएको हो ।

थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उहाँको समर्थन रहेको संस्थापन पक्षको गएको केही महिनादेखि भत्र्सना गर्दै करीव दैनिक प्रदर्शनहरू भइरहेका छन् ।

शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराकलाई रिहा गरेपछि उहाँले बैङ्ककको लोकतन्त्र स्मारकमा जाने आइतवारको जुलुसमा सहभागी हुने वाचा गर्नुभएको थियो ।

“हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उहाँले भन्नुभयो ।

हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनु अघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका देखिएका बैङ्ककबाट प्राप्त सूचनाहरूमा जनाइएको छ ।

आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतः स्फुर्त सडकमा आएको दावी गर्छन् । उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन् ।

आइतवार बिहान सुरू भएको ‘निरङ्कुशताको अन्त्य गर्नका लागि आन्दोलनमा सहभागिताका लागि आफ्नो साथीलाई सन्देश पु¥याउनुहोस् भन्ने भावको सन्देशले थाईल्याण्डभित्र सामाजिक सञ्जालमा पहिलो प्राथमिकता पाएको थियो ।

आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले गत बर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दावी गरेका छन् ।

गत हप्ता करिब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरी थाइल्याण्डको ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाईल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो ।

थाई नरेश महा वजिरलङ्कोर्नलाई सेना र पूँजीपति व्यवसायी तथा राज्यका सम्भ्रान्तहरूले थाई सत्ताको शीर्षमा राखेको दावी प्रदर्शनकारीहरूले गरेका छन् ।

थाईल्याण्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगको लागि १५ वर्ष जेल सजाय पाएकाहरुलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

बढ्दो असन्तुष्टि

लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ ।

आइतवार, राजाको चित्र बोकेका दर्जनौँ राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि प्रजातन्त्रको स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए । उनीहरू पहेँलो पोशाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए ।

सरकार विरोधी प्रदर्शन तथा भेला हुने भनिएको उक्त स्थानमा लगत्तै प्रजातान्त्रिक समूहका प्रदर्शनकारीको ठूलो समूहले प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

विद्यार्थी नेता पारीतको पक्राउभन्दा अघिल्लो दिन, प्रयुतले प्रदर्शनकारीहरुको माग मुलुकको बहुमतका लागि ‘अस्वीकार्य’ भएको भन्दै प्रजातन्त्र समर्थक आन्दोलनलाई ‘जोखिमपूर्ण’ बताउनुभएको थियो । तर पछि उहाँले टेलिभिजनमा गरेको सम्वादमा थप सुझबुझसहित ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गर्नुभएको थियो ।

थाइल्याण्डले लामो समयदेखि हिंस्रक प्रदर्शन र विद्रोहको चक्रहरूको सामना गरेको छ, जहाँ राजावादी थाई सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षितरूपमा सत्तालाई कब्जामा लिई प्रजातान्त्रिक समूहलाई पाखा लगाउने र निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ ।

थाईल्याण्डमा बढ्दो असन्तुष्टिको कारक राज्य सन् १९९७ पछि कोरोनाभाइरस महामारीको कारण सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको छ ।

महामारीका कारण लाखौं बेरोजगार बनेका छन् र सङ्कटले थाई अर्थव्यवस्थामा असमानताहरूलाई उजागर गरेको छ । यसको फाइदा सम्भ्रान्त, सैनिक समर्थक प्रतिष्ठानलाई भइरहेको बताउने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]