
मनोज बनैता
सिरहा, २ भदौ । गत केहि महिना देखि विवादमा फसेका सिरहा स्थित जनता नमूना माध्यमिक विद्यालय मौवाहीमा फेरि आएर अर्को समस्या सृजना भएको छ । प्रधानाध्यापक रामपृत यादवको बहुलठ्ठीपनको विरोध गर्ने शिक्षक राम बालक यादवको तलब रोक्का गरिएको छ ।
सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान रकममा अनियमितता गरेको आरोप झेल्दै आईरहेका प्र.अ यादवले ब्यक्तिगत रिसिईबी कै कारण तलब रोक्का गरेको पीडित शिक्षकले बताए । लकडाउनको बेला यसरी तलब रोकिनुले आफू दुई छाकको लागि समेत अरु माथि भर पर्नु परेको भन्दै पीडित शिक्षकले आफ्नो दु:ख पोखे ।
मौवाहीको उक्त बिधालयमा भौतिक संरचना निर्माण, छात्रवृत्ति, पाठ्यपुस्तक, नागरिक लगानी कोष, तलबभत्ता, शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति गठन, ठेक्कालगायतमा भ्रष्टाचार गरेका उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताइएको छ ।