१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

कपडाको मास्क कस्तो र कसरी लगाउने ?

Logo
प्रकाशित बुधबार, भाद्र ०३, २०७७

न्यूजमधेश सम्बादाता 
काठमाडौैं ,३ भदौ। कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् ।

नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने र कसरी लगाउने भन्ने विषयमा भने धेरै बेखबर रहेको देख्न सकिन्छ ।

नेपालमा कपडाको मास्क भन्दा पनि महँगो र स्वास्थ्यकर्मीले बढी प्रयोग गर्ने सर्जिकल वा एन ९५ जस्ता मास्कहरू धेरैले प्रयोग गर्छन् । तर बाहिर हिँड्दा गैर चिकित्सक वा सर्वसाधारणहरूको लागि कपडाको मास्क पनि लगाउनु उपयुक्त हुने तर्क डब्ल्यूएचओको छ ।

विश्वस्वास्थ्य संगठनकी स्वास्थ्य आपतकाल कार्यक्रमकी सरुवा रोग विशेषज्ञ डा। अप्रिल बलेर सर्वसाधारणको लागि सामान्य हिँडडुलको क्रममा सामाजिक दुरी कायम गरेर हिँड्दा कपडाको मास्क पनि उपयुक्त हुने बताउँछिन् । तर यसमा कम्तीमा एक मिटरको सामाजिक दुरी भने कायम गर्नै पर्ने उनी बताउँछिन् ।

सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोला जस्तोसुकै मास्क लगाए पनि सामाजिक दुरी कायम नगर्ने हो भने कोरोनाबाट बच्न कठिन रहेको बताउँछन् । उनी राम्रोसँग लगाउने हो भने सफा र नफाटेको जस्तो सुकै मास्क लगाउन उपयुक्त हुने बताउँछन् । उनी मास्क लगाउने शैली र सामाजिक दुरी नहुने हो भने मास्कले मात्रै कोरोना रोक्न नसक्ने बताउँछन् ।

कपडाको मास्क हातैले बनाउन पनि सकिने र पसलमा किनेर पनि प्रयोग गर्ने गरिन्छ । यद्यपि कपडाको मास्क पनि तीन लेयरको हुनुपर्नेमा भने डब्ल्यूएचओले जोड दिएको छ । जसमध्ये सबैभन्दा बाहिरी लेयरमा पानीले नभिज्ने खालको कपडाको प्रयोग गर्नुपर्ने, भित्री लेयरमा पानी सोस्नेखालको कपडा प्रयोग गर्नुपर्ने र बीचमा रहेको कपडा फिल्टर गर्नमिल्ने खालको हुनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ ।

मास्क कसरी प्रयोग गर्ने ?

मास्क प्रयोग गर्नुपूर्व साबुन पानीले २०देखि ६० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ । अल्कोहल मिसाइएको हात धुने बस्तु भएमा २० देखि ३० सेकेण्ड र अरू साबुनले भए ४० देखि ६० सेकेण्डसम्म साबुनपानीले हात धुनुपर्छ ।

मास्क शुद्ध र सफा छ या छैन भनेर यकिन गर्नुहोस् । यही मास्क कतै च्यातिएको छ या फोहोर छ भने त्यसलाई लगाउनु हुँदैन । मास्क निकाल्ने बेलामा मास्कको दुवैतर्फको डोरीमा मात्रै समाएर नाक, मुख र चिउँडो समेत छोपिनेगरी मास्क लगाउनुपर्छ । मास्क लगाउँदा मास्क र अनुहारकोबीचमा कतै पनि खाली ठाउँ हुनुहुँदैन र दायाँबायाँबाट सास निस्कने छिद्र पनि राख्नुहुँदैन । मास्क लगाइरहेको बेलामा मास्कलाई हातले चलाउनुहुँदैन । यदि झुक्किएर पनि मास्कमा हात पु¥याइयो भने तत्कालै साबुन पानीले हात धोइहाल्नुपर्छ ।

मास्क निकाल्ने बेलामा पनि मास्क लगाउने बेलामा जस्तै साबुन पानी वा अल्कोहल मिसिएको कुनै बस्तुले हात धुनुपर्छ । त्यसपछि दुवै हातले मास्कको डोरीमा समाएर बिस्तारै मास्क निकाल्नुपर्छ । मास्कको अघिको भागमा छुनुहुँदैन । मास्क खोलीसकेपछि फेरि साबुनपानीले हात धुनुपर्छ ।

मास्क लगाउँदा ध्यान दिनुपर्ने कुरा यो पनि हो कि आफूले प्रयोग गरेको मास्क अरूलाई प्रयोग गर्न दिनुहुन्न । यदि कपडाको मास्क भिजेको छ भने त्यसलाई सुख्खा बनाएर मात्रै प्रयोग गर्नुपर्छ । यसलाई नलगाउने बेलामा सफा प्लास्टिकभित्र राख्न सकिन्छ । यदि मास्क फोहोर भएको छ भने त्यसलाई साबुनपानीले धुनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]