२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

कपडाको मास्क कस्तो र कसरी लगाउने ?

Logo
प्रकाशित बुधबार, भाद्र ०३, २०७७

न्यूजमधेश सम्बादाता 
काठमाडौैं ,३ भदौ। कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् ।

नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने र कसरी लगाउने भन्ने विषयमा भने धेरै बेखबर रहेको देख्न सकिन्छ ।

नेपालमा कपडाको मास्क भन्दा पनि महँगो र स्वास्थ्यकर्मीले बढी प्रयोग गर्ने सर्जिकल वा एन ९५ जस्ता मास्कहरू धेरैले प्रयोग गर्छन् । तर बाहिर हिँड्दा गैर चिकित्सक वा सर्वसाधारणहरूको लागि कपडाको मास्क पनि लगाउनु उपयुक्त हुने तर्क डब्ल्यूएचओको छ ।

विश्वस्वास्थ्य संगठनकी स्वास्थ्य आपतकाल कार्यक्रमकी सरुवा रोग विशेषज्ञ डा। अप्रिल बलेर सर्वसाधारणको लागि सामान्य हिँडडुलको क्रममा सामाजिक दुरी कायम गरेर हिँड्दा कपडाको मास्क पनि उपयुक्त हुने बताउँछिन् । तर यसमा कम्तीमा एक मिटरको सामाजिक दुरी भने कायम गर्नै पर्ने उनी बताउँछिन् ।

सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोला जस्तोसुकै मास्क लगाए पनि सामाजिक दुरी कायम नगर्ने हो भने कोरोनाबाट बच्न कठिन रहेको बताउँछन् । उनी राम्रोसँग लगाउने हो भने सफा र नफाटेको जस्तो सुकै मास्क लगाउन उपयुक्त हुने बताउँछन् । उनी मास्क लगाउने शैली र सामाजिक दुरी नहुने हो भने मास्कले मात्रै कोरोना रोक्न नसक्ने बताउँछन् ।

कपडाको मास्क हातैले बनाउन पनि सकिने र पसलमा किनेर पनि प्रयोग गर्ने गरिन्छ । यद्यपि कपडाको मास्क पनि तीन लेयरको हुनुपर्नेमा भने डब्ल्यूएचओले जोड दिएको छ । जसमध्ये सबैभन्दा बाहिरी लेयरमा पानीले नभिज्ने खालको कपडाको प्रयोग गर्नुपर्ने, भित्री लेयरमा पानी सोस्नेखालको कपडा प्रयोग गर्नुपर्ने र बीचमा रहेको कपडा फिल्टर गर्नमिल्ने खालको हुनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ ।

मास्क कसरी प्रयोग गर्ने ?

मास्क प्रयोग गर्नुपूर्व साबुन पानीले २०देखि ६० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ । अल्कोहल मिसाइएको हात धुने बस्तु भएमा २० देखि ३० सेकेण्ड र अरू साबुनले भए ४० देखि ६० सेकेण्डसम्म साबुनपानीले हात धुनुपर्छ ।

मास्क शुद्ध र सफा छ या छैन भनेर यकिन गर्नुहोस् । यही मास्क कतै च्यातिएको छ या फोहोर छ भने त्यसलाई लगाउनु हुँदैन । मास्क निकाल्ने बेलामा मास्कको दुवैतर्फको डोरीमा मात्रै समाएर नाक, मुख र चिउँडो समेत छोपिनेगरी मास्क लगाउनुपर्छ । मास्क लगाउँदा मास्क र अनुहारकोबीचमा कतै पनि खाली ठाउँ हुनुहुँदैन र दायाँबायाँबाट सास निस्कने छिद्र पनि राख्नुहुँदैन । मास्क लगाइरहेको बेलामा मास्कलाई हातले चलाउनुहुँदैन । यदि झुक्किएर पनि मास्कमा हात पु¥याइयो भने तत्कालै साबुन पानीले हात धोइहाल्नुपर्छ ।

मास्क निकाल्ने बेलामा पनि मास्क लगाउने बेलामा जस्तै साबुन पानी वा अल्कोहल मिसिएको कुनै बस्तुले हात धुनुपर्छ । त्यसपछि दुवै हातले मास्कको डोरीमा समाएर बिस्तारै मास्क निकाल्नुपर्छ । मास्कको अघिको भागमा छुनुहुँदैन । मास्क खोलीसकेपछि फेरि साबुनपानीले हात धुनुपर्छ ।

मास्क लगाउँदा ध्यान दिनुपर्ने कुरा यो पनि हो कि आफूले प्रयोग गरेको मास्क अरूलाई प्रयोग गर्न दिनुहुन्न । यदि कपडाको मास्क भिजेको छ भने त्यसलाई सुख्खा बनाएर मात्रै प्रयोग गर्नुपर्छ । यसलाई नलगाउने बेलामा सफा प्लास्टिकभित्र राख्न सकिन्छ । यदि मास्क फोहोर भएको छ भने त्यसलाई साबुनपानीले धुनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]