
मनोज बनैता
सिरहा, ३ भदौ । सिरहा नेकपामा ठुलै पहिरो गएको छ । कम्युनिस्ट सरकार असक्षम भएको भन्दै सिरहाको धनगढीमाई नगरपालिका १२ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा दर्जनौ नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन । काङ्ग्रेस पार्टीका जिल्ला सभापति राम चन्द्र यादवको विशिष्ट आतिथ्यमा नेकपा र अरु पार्टीबाट जम्मा ४९ जनाले पार्टी प्रवेश गरेका छन ।
त्यसैगरी गएको सोमबार लाहान २२ बाट पनि १५० जना नेकपा लगायत अन्य पार्टीका नेता एवं कार्यकर्ताले पार्टी प्रवेश गरेका थिए । उक्त कार्यक्रम पनि काङ्ग्रेसका जिल्ला सभापती यादवकै प्रमुख आतिथ्यमा भएको खबर प्राप्त भएको छ । यादवले कोरोना माहामारीको ख्याल गर्दै खुल्ला ठाउँमा समाजिक दुरी कायम राखी पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन ।