०५ फाल्गुण २०८१, मंगलबार
18-02-2025 , Tue
×

लाहान नगरपालिकालाई नैतिक दबाब दिदै मस जोडीले उठाए फोहोर

Logo
प्रकाशित आइतबार, भाद्र ०७, २०७७

मनोज बनैता
लाहान, ७ भदौ ।
नगरवासी माझ बिकासको सपना बाँडेका लाहान नगरपालिका फोहोर ब्यवस्थापनको सवालमा संबेदनहिन देखिएको भन्दै मस जोडीले चिन्ता ब्यक्त गरेका छन । नगरपालिकालाई नैतिक दबाब दिन यी जोडीले आफ्नै पहलमा फोहोर उठाउन थालेका हुन ।

आफनाे शहर आफै बनाऊ,आफनाे फाेहर आफै उठाऊ भन्ने मुल नाराको साथ सरसफाइ अभियानमा जुटेका महेश चौधरी र संगीता कर्माचार्यको जोडीले स्थानीय युवा, नेता तथा बुद्धिजीवीहरुको सहयोगमा लाहानका विभिन्न ठाउँमा थुप्रेको फोहोर उठाउन लागेको जानकारी स्वमं कर्माचार्यले दिएकी छिन ।

समाजसेवी चौधरीले भने “राहत बाँटने समयमा उद्धम मचाउने मेयर लगायतका जनप्रतिनिधि सरसफाईको सवालमा उदासीन देखिनु ले ईनीहरुको वास्तविकतालाई छर्लङ्ग पारेको छ ।” आफू जुनसुकै राजनैतिक आस्था बोकेपनी सामाजिक सेवाको बाटोमा निरन्तर लागि रहने जोडी द्वयले न्युज मधेश संग वाचा गरे ।

यी जोडी काेविड 19 ( काेराेना भाइरस) लकडाउनकाे समयमा लहान नगरपालिका काे वडा न १ देखि २४ वडा सम्मका गरिव, दलित, अपांग , विधवा र गर्भवती महिला लगायतलाई राहत बितरण गरिदै अाएका छन ।

करिब एक महिनादेखि थुपारिएकाे फाेहाेर लहानका विभिन्न चाैकलाई कुरुप बनाएको र यसमा मेयर मुनी साह ले कुनै चासो नलिएको भन्ने स्थानीयको गुनासो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]