
मनोज बनैता, सिरहा, ९ भदौ । कोभीड १९ माहामारीको त्रासदी र लामखुट्टेको आतंकलाई ख्याल गर्दै सिरहाका औरही गाउँपालिकाले झुल का साथ साथ सेनिटाईजर बाँडेका छन त्रासको माहौललाई साम्य पार्न उक्त कदम चालिएको गाउँपालिका अध्यक्ष सिदार्थ यादवले बताए ।
सिरहाको औरही गाउँपालिकाका ५ वटै वडा समेटी सुपरनेट झुल र सेनिटाईजर वितरण गरिएको छ। वडा ५ का वडा अध्यक्ष दिलिप यादवको अनुसार प्रत्येक घरधुरीमा एक सुपरनेट झुल, एक साधारण झुल र सेनिटाईजर बाँडिएको हो ।
गाउँ पालिकामा जम्मा ६ हजार ५ सय ५० घरधुरीलाई लक्षित गरि उक्त कार्यक्रम सम्पन्न भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण साहले बताए । उक्त सामग्री प्रति घरपरिवार ८ सय २६ रुपैया मुल्य बराबरको झुल ५३ लाख ७९ हजारको को दरले खरीद गरीएको गाउँ पालिका का अधिकृत लक्ष्मण शाह ले जानकारी दिए ।