
मनोज बनैता
सिरहा, ९ भदौ । लाहान नगरपालिकाको मौनताले नगर क्षेत्र उच्च जोखिममा रहेको छ । राहत वितरण, मास्क वितरण तथा सेनिटाईजर वितरण लगायतका गतिविधिमा अति तदारुकताका साथ लाग्ने लाहानका जनप्रतिनिधि हालको भयावह स्थितिमा भने मौन देखिएका छन । चैतमा लकडाउन हुँदा राहत र मास्क वितरण परिमाण भन्दा दोब्बर सेल्फी लिने स्थानिय नेता अहिले आएर मस्त निन्द्रामा रहेको स्थानीयले आरोप लगाउछन ।
जनचेतनामूलक कार्यक्रममा लाखौं खर्च गरेका लाहान नगरपालिका भित्र स्थानीयवासी अझै कोरोना माहामारीको विषयमा अचेत रहेको पाईन्छ । सोमबार र शुक्रबार लाग्ने हाटबजार लकडाउनको कारणले बन्द गरिएपनी अवस्था उही देखिएको छ । अव्यवस्थित भिडभाड नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र बललाई हम्मेहम्मे परेको छ । केही दिन देखि बढ्दै गएको संक्रमणले लाहानलाई रेड जोनमा ल्याएको यथार्थ नबुझ्ने स्थानीय ब्यापारीले गर्दा भोलिको अवस्था डरलाग्दो हुनसक्ने ईप्रका लाहान (क) का डिएसपी शरत थापा क्षेत्री बताउछन् ।
डिएसपी थापा लगायत उनका प्रहरी युनिट अहोरात्र खटिनु पर्ने बाध्यता ले प्रहरी समेत उच्च जोखिममा रहेको एक स्वास्थकर्मी रामकुमार यादव बताउछन । यादवको अनुसार यतिबेला नगरपालिकाका जनप्रतिनिधि ले प्रहरीलाई भौतिक सहयोग गर्नुपर्ने बेला हो तर त्यसो देखिदैन । हाल नगरको खाता संचालन नरहेकोले यी जनप्रतिनिधिहरु नसल्बलाएको यादवको आरोप रहेको छ ।
त्यसैगरी स्थानीय दिलिप दास ले भने “फोहोर ब्यवस्थापन गर्न नसक्ने मेयर लगायतका जनप्रतिनिधि ले लकडाउन पालना गराउन पहल गर्नु भनेको दिवा सपना मात्र हो ।” उनको अनुसार महिनौं देखि थुपारिएको फोहोरले अर्को माहामारीलाई समेत निम्तो दिईरहेको अवस्था रहेको छ । फोहोर ब्यवस्थापन को विषयमा नाटक मन्चन गरिरहेको नगरपालिका ले आउने दिनमा ठुलै मूल्य चुकाउनु पर्ने दासले बताए ।