०७ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

राजनैतिक पुर्वाग्रह को शिकार शिवजी यादव भन्छन : नखाएको बिष लाग्यो हजुर

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

सिरहा, १० भदौ । सिरहा औरहीका शिवजी यादवले आफू राम्रो काम गरेतापनी राजनैतिक पुर्वाग्रहका शिकार भएको गुनासो पोखेका छन । औरही ५ बस्ने यादवले केहि दिन उनी विरुद्ध लगाईएको ठगीको आरोप कपोकल्पित एवं निराधार रहेको दावी गर्दै आफुले नखाएको विष लागेको भनी आफ्नो दु:ख पोखेका छन ।

यादव द्वारा मंगलवार औरहीमा गरिएको पत्रकार सम्मेलनमा उनले आफूलाई नियोजित रुपमा फसाउन खोजीएको भन्दै आक्रोश समेत पोखेका छन । उनले औरही वडा ४  बस्ने महेश सदाय, राम भजन सदाय र फुलो देवी सदाय ले लगाएको आरोप पुर्णतः निराधार रहेको दावी गरेका छन । विपद परेको बेला गरिबको सहाराको रुपमा सदैव खडा रहने शिवजी यादव माथि आरोप लाग्ने प्रयास हुनु फोहोर राजनीति हो भन्दै अधिकांश स्थानियले बताएका छन । महेश सदायको कान्छो भाइ  सुमेश सदायले आफ्नो दाजु महेसले शिवजी संग एडभान्सको रुपमा पैसा लिएको स्विकारेका छन । औरही -४ ईटाटार टोलका ७० वर्षिय राजेश्वर सदाय र शिवु सदायले शिवजी यादवले एडभान्स रुपैया दिएर सहयोग गरेका रामभजन सदाय र महेश सदायले न त काम गरे न त रुपैया नै फिर्ता गरे उल्टै शिवजिमाथी झुठो आरोप लगाएको ले यो कुनै नेताको काम हुनसक्ने भन्दै आरोप लगाएका छन । राजेश्वर सदायले थपे ” उनिहरुले यस्तो काम गरे आपद विपदमा अब कसैले हामीमाथी विस्वास गर्दैन र हामी गरीबलाइ कसैले आर्थिक लेनदेन गर्दैन।”

त्यसैगरी औरही -५ मा भेला भएका महिला पुरुष सदायहरुमध्ये सुरजी सदाय, झालो सदाय, गुलाव सदाय लगायतले शिवजी यादवमाथी झुठो  आरोप लगाइएको भन्दै असन्तुष्टि पोखेका छन ।  शिवजी यादबकै सहयोगमा राइसमिलमा काम गर्ने लेबरहरु जख्मी सदाय र नन्दी सदायले रामभजन सदाय त्यही सेलरको एक कामदारको  मोबाइल चोरेर भागेको भन्दै शिवजी यादबमाथी लगेको आरोप सरासर गलत हो भन्दै सहि तथ्य छानबिनको लागि सरोकारवाला संग माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]