३० माघ २०८१, बिहिबार
13-02-2025 , Thu
×

मिथ्या आरोपले म डगमगाउनेवाला छैन, न कसैको बिराउनु न डराउनु : नेता शिवजी यादव

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

सिरहा, १० भदौ । सदैव गरिब र असहायको पक्षमा आवाज बुलन्द गरेपनि राजनैतिक रुपमा विभिन्न प्रकारका जालझेल आउनु स्वाभाविक हो तर आफ्नो नैतिकता माथि नै प्रश्नचिह्न खडा हुने गरि लगाईएको ठगीको आरोप निराधार भएको नेता शिवजी यादवले बताए । औरही ५ का समाजसेवी तथा नेताको रुपमा चिनिने शिवजी यादवले भने “म यस्ता मिथ्या आरोपले डगमगाउनेवाला छैन । न कसैको डराउनु न कसैको बिराउनु”

आफू राम्रो काम गरेतापनी राजनैतिक पुर्वाग्रहका शिकार भएको गुनासो पोखेका छन । यादवले केहि दिन उनी विरुद्ध लगाईएको ठगीको आरोप कपोकल्पित एवं निराधार रहेको दावी गर्दै आफुले नखाएको विष लागेको भनी आफ्नो दु:ख पोखेका छन ।

यादव द्वारा मंगलवार औरहीमा गरिएको पत्रकार सम्मेलनमा उनले आफूलाई नियोजित रुपमा फसाउन खोजीएको भन्दै आक्रोश समेत पोखेका छन । उनले औरही वडा ४  बस्ने महेश सदाय, राम भजन सदाय र फुलो देवी सदाय ले लगाएको आरोप पुर्णतः निराधार रहेको दावी गरेका छन । विपद परेको बेला गरिबको सहाराको रुपमा सदैव खडा रहने शिवजी यादव माथि आरोप लाग्ने प्रयास हुनु फोहोर राजनीति हो भन्दै अधिकांश स्थानियले बताएका छन । महेश सदायको कान्छो भाइ  सुमेश सदायले आफ्नो दाजु महेसले शिवजी संग एडभान्सको रुपमा पैसा लिएको स्विकारेका छन । औरही -४ ईटाटार टोलका ७० वर्षिय राजेश्वर सदाय र शिवु सदायले शिवजी यादवले एडभान्स रुपैया दिएर सहयोग गरेका रामभजन सदाय र महेश सदायले न त काम गरे न त रुपैया नै फिर्ता गरे उल्टै शिवजिमाथी झुठो आरोप लगाएको ले यो कुनै नेताको काम हुनसक्ने भन्दै आरोप लगाएका छन । राजेश्वर सदायले थपे ” उनिहरुले यस्तो काम गरे आपद विपदमा अब कसैले हामीमाथी विस्वास गर्दैन र हामी गरीबलाइ कसैले आर्थिक लेनदेन गर्दैन।”

त्यसैगरी औरही -५ मा भेला भएका महिला पुरुष सदायहरुमध्ये सुरजी सदाय, झालो सदाय, गुलाव सदाय लगायतले शिवजी यादवमाथी झुठो  आरोप लगाइएको भन्दै असन्तुष्टि पोखेका छन ।  शिवजी यादबकै सहयोगमा राइसमिलमा काम गर्ने लेबरहरु जख्मी सदाय र नन्दी सदायले रामभजन सदाय त्यही सेलरको एक कामदारको  मोबाइल चोरेर भागेको भन्दै शिवजी यादबमाथी लगेको आरोप सरासर गलत हो भन्दै सहि तथ्य छानबिनको लागि सरोकारवाला संग माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]