२६ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

सखुवानन्कारकट्टी गा.पा अध्यक्ष यादवको पहलमा चु जी द्वारा दलितलाई राहत

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

न्युज मधेश डेस्क सिरहा
लाहान, २० भदौ । सरकारद्वारा निरन्तर जारी गरिएको लकडाउनका मार खेपीरहेका दलित समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चु जी संस्थाले उक्त गाउँपालिकाका जम्मा १२३४ घर परिवारलाई राहत वितरण गर्ने भएको छ ।

गैरसरकारी संस्था चु जी ले सखुवानन्कारकट्टी गाउँपालिका का ५ वटै वडाका कुल १२३४ घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । शनिबार बिहान ९ बजे शुरु गरिएको राहत वितरणमा वडा ५ का दलित समुदायले राहत पाएका हुन । राहत स्वरुप जिरा मसिनो चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायत रहेको छ ।

चु जी संस्था सम्बद्ध दलित सरोकार मन्च कंचनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामको अनुसार लामो लकडाउनले बेरोजगारी सृजना गरेको कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको छ । रामले दलितको कहालीलाग्दो अवस्थालाई मनन गर्दै यस प्रकारको राहत योजना ल्याएको बताए ।

चु जी संस्थाले दिएको राहत कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्ने जनशक्ति गा. पा स्तर बाटै ब्यवस्थापन गरेको स्रोतले जानकारी दिएको छ । वडा ५ का स्थानीय शिवराम रजक ले यस्तो सम्वेदनशिल घडीमा अध्यक्ष यादवले गरेको पहललाई सराहनीय कदम बताएका छन । त्यसैगरी वडा ५ कै तेतरी देवी रामले राहत पाएकोमा खुशी ब्यक्त गरेकी छिन । उक्त वडा कै दुर्गानन्द रामले भने ” हामी पत्याएका थिएनौ कि अब फेरि स्थानीय सरकारले केही गर्ला तर यस्तो संकटको समयमा हाम्रो गा.पा ले गरेको पहललाई स्वागत गर्दछु ।” त्यस्तै शैनी राम मोचीले पनि राहत वितरणलाई स्वागतयोग्य कदम भन्दै गा.पा को प्रयासलाई सराहना गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]