०१ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

नेपाल समाज जनकल्याण युवा संघले लाहान २४ मा गरे रक्तदान कार्यक्रम

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

न्युज डेस्क सिरहा
लाहान, २१ भदौ । नेपाल समाज जनकल्याण युवा संघले लाहान २४ मा रक्तदान कार्यक्रम गरेको छ । मानिकदह झुटकीमा शुरु गरिएको कार्यक्रममा दर्जनौं स्थानीय युवाहरूले सहयोग गरेका छन ।
कोभिड १९ को कहरले आक्रान्त भएको बेला रगातको अभावलाई ममन गर्दै उक्त कार्यक्रम गरिएको नेपाल समाज जनकल्याण युवा संघ लहान – ६ का अध्यक्ष सुदिप महतोले जनाएका छन । महतोको अनुसार ५० जनाको लक्ष्य लिई शुरु गरिएको यस कार्यक्रममा ५० बढीले सहभागीता जनाएका छन ।

कार्यक्रम निर्माण ब्यबसाय संघ लहान,  नेपाल रेडक्रस सोसाइटी शाखा लहानको प्राविधिक सहयोगमा भएको छ जसको प्रमुख आतिथ्य निर्माण ब्यबसाय संघ लहान सिरहाका अध्यक्ष रासलाल रायले गरेका थिए । आमन्त्रित १३ अतिथि लगायत अन्य ६० जनालाई संस्थाले प्रमाणपत्र समेत प्रदान गरेका थिए । छिन्मस्ता पोलिक्लिनिक एन्ड डाईग्नोस्टिक सेन्टर प्रा.लि. द्वारा फ्रुटी जुस वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]