०५ फाल्गुण २०८१, मंगलबार
18-02-2025 , Tue
×

सिरहा कारागारमा रहेका ५९ जनामा कोरोना संक्रमणको पुष्टि

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

लहान, २५ भदौ ।   सिराहा कारागारमा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानको बुधवार आएको कोरोना परीक्षण रिपोर्ट अनुसार  कारागारका ५९ थुनुवा कैदी बन्दीका साथै चोहर्वास्थित शेरगन नेपाली सेनाका सात जना जवानसहित ६६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनुभयो  ।

पोजेटिभ भएकाहरु  २० देखि ५८ वर्ष उमेर समूहका रहेको र सङ्क्रमित मध्ये  एक महिला र बाकी सबै पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो  ।

अत्यधिक सङ्ख्यामा सङ्क्रमित देखिएपछि जिल्ला कारागारको कैदी बन्दीहरुमा खैलाबैला मच्चिएको छ ।  कोरोना पुष्टि भएका कैदी बन्दीलाई जिल्ला कारागार भित्रै सुरक्षित आइसोलेसनमा राखिएको कारागार प्रमुख बबिता महतोले बताउनुभयो  ।

कारागारमा रहेको करिब पाँच सय ९८ जना कैदी बन्दी मधे ८० जनाको पिसिआर गराउँदा ५९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसंगै  जिल्लामा हाल दुई सय ६५  जना सङ्क्रमितहरू रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीन सय ५५ जना सङ्क्रमितहरू निको भई घर फर्किसकेका छन् भने जिल्लामा हालसम्म १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]