२१ मंसिर २०८१, शनिबार
07-12-2024 , Sat
×

बीपी कोइरालाको १०७औं जन्म जयन्ती,  हाथी दहमा वृक्षारोपण

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

सिरहा, २५ भदौ । नेपालको राजनीति र साहित्यमा उल्लेख्य योगदान दिएका जननायक विश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०७ औं जन्म जयन्ती लाहानमा वृक्षारोपण गरेर मनाईएको छ । लहान नगर पालिका वडा नम्बर १५ सोभापुर स्थित हाथी दहमा बिपी कोइराला नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहा र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ ।  कार्यक्रमका प्रमुख अतिथि पुर्व उद्योग राज्य मन्त्री पदम नारायण चौधरी रहेका थिए ।

बिपी कोइराला नेतृत्व बिकास मंचको सिरहा अध्यक्ष मुकेश कुमार महतो र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष शितल प्रसाद चौधरीको संयोजनमा गरिएको कार्यक्रममा लाहान १५का वडा अध्यक्ष तेज नारायण चौधरी, लहान २३ का वडा अध्यक्ष कन्हैया गुप्ता , नेपाली काङ्ग्रेसको नेतृ तथा नेपाली काङ्ग्रेसबाट लहान नगर पालिकाको प्रत्यासी उपमेयर पुनम चौधरी, काङ्ग्रेसको पुर्व जिल्ला उपसभापति राम सुन्दर चौधरी, महासमिति सदस्य मनोज गुप्ता, लहान नगर पालिकाको पुर्व नगर अध्यक्ष महेश चौधरी, महिला संघको केन्द्रिय सदस्य संगीता कर्माचार्य नेबिसंघको निबर्तमान केन्द्रिय उपाध्यक्ष संजय यादव, सुदिप कुमार महतो, निबर्तमान केन्द्रिय सदस्य संजय यादव, विद्यार्थी नेता रामकृष्ण यादव, सरोज चौधरी लगायत सयौं बिद्यार्थी नेताहरु को सहभागिता रहेको थियो । असोक , धुपी, मलेसियन साल , लगायत ७ प्रजातिका करिब २ दुई सय बिरुवा रोपेको विद्यार्थी नेता मुकेश महतोले जानकारी दिए ।

यसरी प्रत्येक वर्ष बिपी कोईरालाको जन्मदिन विभिन्न कार्यक्रम गरि मनाईदै आईएको छ । नेपालको राजनीति र साहित्यमा उल्लेख्य योगदान दिएका बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि हुन् । नेपालमा प्रजातन्त्र स्थापनाका लागि उनले गरेको योगदान र संघर्षलाई अहिले पनि सबैले प्रशंसा गर्ने गरेका छन् ।

उनको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो। जहानियाँ राणा शासनको विरोधमा कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो। कृष्णप्रसाद बीपीका पिता हुन् ।

निर्वासनमै रहेका बेला बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका उनी त्यसपछि नेपाललाई स्वतन्त्र बनाउन लागि परे । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भनेर भारतको स्वतन्त्रता संग्राममामा भाग लिएका उनको सोंचले त्यतिबेला नेपालमा प्रजातन्त्र स्थापनका लागि काम गरेको देखिन्छ ।

उनकै नेतृत्वमा २००३ सालमा जहानियाँ राणा शासनको अन्त गर्ने उदेश्यले नेपाली कांग्रेसको स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको हो ।

दुई दल एकीकरणपछि बनेको नेपाली कांग्रेसले पटकपटक सरकारको नेतृत्व गरेको छ । अहिले पनि कांग्रेस संसदको प्रमुख प्रतिपक्षी दल हो ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बनेका थिए । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गरेका थिए।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीहरुलाई सुन्दरीजल बन्दी गृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए।

आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्केका थिए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण उनको थियो । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको चर्चा गरिन्छ ।

नेपाली साहित्यका क्षेत्रमा पनि बीपीको महत्वपूर्ण योगदान छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाब,ु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

बीपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसदका सभामुख एवम् मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । सङ्ग्रहालयमा बीपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, काँग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

बीपी जयन्तीका अवसरमा काँग्रेस, भातृ एवम् शुभेच्छुक संस्था र बीपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण दूरी कायम गरेर मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न आह्वान गरिएको छ । क्यान्सर रोगबाट पीडित उनको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]