०५ फाल्गुण २०८१, मंगलबार
18-02-2025 , Tue
×

लाहानका घुमुवा प्रहरीमाथी बलानबिहुलका स्थानीयले गरे हातपात, यस्तो छ कारण …..

Logo
प्रकाशित शनिबार, भाद्र २७, २०७७

सिरहा, २७ भदौ । ईलाका प्रहरी कार्यालय लाहानद्वारा खटाईएका घुमुवा प्रहरीमाथी सप्तरीको बलानबिहुल गाउँपालिकामा हातपात भएको छ। फरार अभियुक्त पक्राउ गर्न खटिएका घुमुवा प्रहरीले निर्दोषलाई हथकडी लगाउन खोज्दा झडप भएको स्थानियले बताएका छन । ५ जनाको संख्यामा गएको घुमुवा प्रहरी विरुद्ध सैयौ स्थानिय उभे पछि भागाभाग भएको बलान बिहुलमा पर्ने दिघियाका प्रत्यक्षदर्शी ले बताएका छन ।

भगवानपुर बाट बलान नदि पार गरि सप्तरीको दिघिया नजिक आई मल्हनिया र दिघियाका युवाहरुलाई पक्राउ गर्न खोजिएको दिघियावासी बताउँछन् । अवस्था तनावग्रस्त हुँदा  ३ वटा मोटरसाइकलमा आएका जम्मा ५ जना घुमुवा प्रहरी मध्ये ३ जना त्यहाँबाट तत्कालै भागेका थिए भने २ जनालाई स्थानीयले समातेर नजिकको चन्ही स्थित चौकीमा बुझाएका छन ।

ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा प्रशाद केशरीले पक्राउ परेका प्रहरी घुमुवा ईप्रका लाहानको भनेर पुष्टि गरेका छन । उनले मान्छे चिन्न धोखा भएको हुन सक्ने प्रारम्भिक अनुमान भएको बताएका छन भने थप अनुसन्धान जारी रहेको स्पष्ट पारेका छन ।  निरिक्षक केशरीले पक्राउ परेका दुईजना घुमुवाको चाहिँ नाम सार्वजनिक गर्न चाहेनन्  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]