२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

छठ पर्वको दोस्रो दिनमा ‘खरना विधि’ सम्पन्न

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ मंसिर। चार दिनसम्म मनाइने सूर्य आराधनाको महापर्व छठको दोस्रो दिन बिहिबार घरघरै उमंगकासाथ ‘खरना’ पुजाको तयारी हुँदैछ । ब्रतालुले पहिलो दिन बुधबार विहान नुहाएर शाकाहारी भोजन ग्रहण गरी ब्रत सुरु गरेका हुन् । यो विधिलाई ‘अरबाअरबाइन’ वा ‘नहा खा’ भनिन्छ ।

यसपछि पूर्णरुपले उपवासमा रहेका ब्रतालुले दोस्रो दिन बिहिबार परिवारजन एवं छरछिमेकको मद्दतले साँझ नहुँदै खिरपुरी तयार पार्नेछन् । तराई–मधेसतिर यो पर्वकैलागि पहिलादेखि बनाइएको माटोको छुट्टै चुल्होमा मुख्य उपासक महिलाको अगुवाइमा सम्पूर्ण पुजा सामग्री पकाइन्छ ।

यसकालागि बिहानैदेखि भाडाकुडा र घरआँगनको सरसफाइ सुरु हुन्छ । पुजाकालागि ब्रतालुले घरको सबैभन्दा शान्त कोठालाई लिपपोत गर्छन् । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य एवं भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गर्छन् । कोलाहलले आराधनामा बाधा पुग्ने आस्थाका कारणले ब्रतालुले ढोका थुनेरै विधि गर्छन् । देवीदेवतासँग गरेको कामनालाई उनले गोप्य नै राख्छिन् ।

बाहिर घरको आँगन, बरन्डामा र खाटमा बसेर परिवारजन, छरछिमेक एवं पाहुना पुजा समाप्तिको पर्खाइमा हुन्छन् । आफ्नो घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आइपुगेका हुन्छन् । टाढाटाढाका आफन्तजन एवं मित्रजनलाई ब्रतालु परिवारले निम्तो गर्ने चलन छ ।

खरना भनिने यो पुजा विधि सम्पन्न भएपछि ब्रतालुले सबैभन्दा पहिले प्रसाद ग्रहण गर्छन् । वरिपरि उपस्थित सबैलाई थोरथोर बाँडछन् । छठ पुजाको तेस्रो मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यसमा साँझपख पकाइएकै ताजा प्रसाद तुरुन्तै खान पाइने हुनाले यसको अझ बढि महत्व छ ।

यो पुजापछि ब्रतालुको कठिन निर्जला उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाकालागि शुक्रबार बेलुकी र शनिबार विहान सपरिवार घरबाट आफूलाई पायक पर्ने जलासय किनार पुग्छन् । स्थानीय भाषामा यसलाई क्रमशः सझिया घाट र भोरका घाट भनिन्छ ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन शुक्रबार साँझ एवं चौथो दिन शनिबार बिहान झकिझकाउ पारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित ब्रतालु, परिवारजन एवं दर्शनार्थीले सूर्यदेवलाई अर्घ्य दिन्छन् । विहानीको अघर््यको लगतै छठी मैयाँको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठान सकिन्छ ।

पर्वको अन्तिम दुई दिन नदी, खोला, पोखरी एवं नहर किनारमा तिहारझैं दृश्य हुन्छ ।

अर्घ्य दिने, ब्रतालुको आशीष लिने एवं पुजा समापनपछि ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आएकाको घाटमा घुइचो लाग्छ । विपन्नदेखि सम्पन्न वर्गले असीम श्रद्धाकासाथ प्रसाद माग्ने, ब्रतालुले बाँडने एवं मुख्य उपासकको पाउ छोएर आशीष लिने क्रम घाटदेखि घरसम्म चलि नै रहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]