०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

डा मण्डललाई पितृ शोक

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१७ मंसिर । डा रोशन मण्डललाई पितृ शोक परेको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित डा मण्डलका पिता कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी धर्मदेव मण्डलको मङ्गलबार राति निधन भएको हो ।

क्यान्सरपीडित मण्डलको उपचारको क्रममा जनकपुरको काव्या अस्पतालमा मृत्यु भएको हो । उहाँको अन्तिम संस्कार आज कमला नदिको किनारमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम।मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले आधारभुत विद्यालय कजोलीमा दुई कोठे शैक्षिक भवनको शिलान्यास गरेको छ। सप्तरीको महदेवा गाउँपालिका-२ कजोलीका आधारभुत विद्यालयमा एक कार्यक्रमबीच यसै क्षेत्रका प्रदेश सांसदसमेत रहेका सभापति सिंहले शिलान्यास गरेका हुन् । निर्माण हुन लागेका भवनको लागि मधेश सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट तत्कालीन मन्त्री महेश प्रसाद […]

वीरगञ्ज ।पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरलीपोखरी परिसरमा वडा स्वास्थ्यचौकीको भवन निर्माण हुने भएको छ । महानगरले रु ८६ लाख ३६ हजार छ सय ९६ लागतमा स्वास्थ्यचौकी निर्माण हुन लागेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार एक कार्यक्रमबीच वडा स्वास्थ्यचौकीको भवनको शिलान्यास गर्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। “स्वास्थ्यचौकी भाडाको […]

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रिय सदस्य तथा पुर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा कमला नगरपालिका-४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र चौरवार यादवय,लोसपाका […]