१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

मन्त्री साहद्वारा मधवापुर स्वास्थ्य चौकी उद्घाटन

Logo
प्रकाशित सोमबार, मंसिर २९, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,२९ मंसिर ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्मित उक्त भवनको समुदघाटन गर्नुहुदै मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने वचनवद्वता समेत दिनुभयो ।

वडा अध्यक्ष नागेश्वर मण्डलको अध्यक्ष्ातामा समपन्न कार्यक्रममा जिल्ला समन्वय समिति सभापति प्रभाकर यादव, ज. स. पा. केन्द्रिय सदस्य जयप्रकाश ठाकुर,पुनम कुमारी यादव,हनुमानगर कंकालिनी नगरपालिका सप्तरीका उपप्रमुख सरिता देवी यादव लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा मन्त्री साहले जग्गा दाता शैलेन्द्र चन्द्र झाको सम्मान समेत गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]