१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

प्रहरी र तस्करबीच गोली हानाहान

Logo
प्रकाशित आइतबार, पुष २६, २०७७

न्यूजमधेश डेस्क
बारा,२६ पुस।बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । प्रहरीका अनुसार निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा गएराति १० बजे प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।

समूहमा रहेका तस्करले प्रहरीलाई देख्नेबित्तिकै गोली फायर गर्दा प्रतिकारमा पाँच राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङ छन् ।

उनको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको डिएसपी गौतमले बताए । समूहमा रहेका फरार बाँकी सदस्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे । लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको […]