१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

बिरामीले किन खान चाहँदैनन् उच्च रक्तचापको औषधि ?

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

डा विनोद खड्का
विगत केही समयदेखि वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग उहाँको टिम सदस्यको रुपमा बसुन्धरा, काठमाडौंस्थित नेसनल कार्डियक सेन्टरमा कार्यरत छु।

हरेक दिन मैले करिब २० जना उच्च रक्तचापका बिरामीसँग भेट्ने गर्छु। उच्च रक्तचापलाई छिटोभन्दा छिटो नियन्त्रणमा राख्नु स्वास्थ्यको निम्ति राम्रो हुन्छ। उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधि सेवन गर्नुपर्छ। तर बिरामीहरु सकेसम्म औषधि खान चाहँदैनन्। यही कारण मैले बिरामीले किन औषधि खान चाहँदैनन् भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरें। यो क्रममा मैले पाएका केही कारण यहाँ प्रस्तुत गरेको छुः

१. आजीवन औषधि खाइराख्नुपर्ने भ्रम
एक पटक उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभर नै औषधि खानुपर्छ भन्ने अधिकांश बिरामीको सोचाइ हुन्छ। यसले गर्दा उनीहरुमा आजीवन औषधि खानुपर्छ की भन्ने त्रास पैदा हुन्छ। यही कारण उनीहरुले औषधि खान सुरु नै गर्न चाहँदैनन्।

२. कुनै लक्षणहरुको अनुभव नभएर
सामान्यतयाः मानिसमा कुनै पनि रोगको औषधि सेवन गर्नका लागि लक्षण देखिनुपर्छ भन्ने मानसिकता हुन्छ। उच्च रक्तचापका केही लक्षणमा टाउको दुख्ने, चक्कर लागेको महसुस हुने, निद्रा नपर्ने, मुटुको धड्कन बढ्ने हुन्छ। तर सबै बिरामीमा यी लक्षण देखा पर्छन् भन्ने छैन। लक्षण छैन भने आफू एकदम ठिक छु भन्ने सोचाइ बिरामीमा हुने गर्छ। किन औषधि खाने भन्ने सोचेर उनीहरु औषधि सेवन गर्न चाहँदैनन्।

३. औषधिको असर ९साइड इफेक्ट० को त्रास
बिरामीमा उच्च रक्तचापको औषधि आजीवन खानुपर्ने भ्रम छ। जीवनभर औषधि सेवन गर्दा त्यसले साइड इफेक्ट गर्छ भन्ने उनीहरुको मानसिकता हुन्छ। यही त्रासका कारण बिरामीले औषधि खान चाहँदैनन्।

४. आर्थिक कारण
लामो समयसम्म औषधि खानुपर्ने भएपछि आर्थिक रुपमा पनि खर्च हुन्छ। औषधिका लागि आर्थिक खर्च बढ्ने भएकाले बिरामीले सकेसम्म औषधि खान नपरोस् भन्ने चाहना राख्छन्।

५.मदिरा सेवन गर्ने मानिसले औषधि सेवन गर्न नखोज्नु
साधारणतयाः औषधि खाइरहँदा मदिरा सेवन गर्नु घातक हुन्छ भन्ने कुरा सबै जनालाई अवगत नै छ। तर जो मानिस मदिरा सेवनको लतमा फसेका हुन्छन्, उनीहरु सकेसम्म औषधिलाई नकार्न खोज्छन्।

६.खानपान र जीवनशैली परिवर्तन गरेर उच्च रक्तचाप नियन्त्रण गर्न खोज्नु
उच्च रक्तचाप नियन्त्रणमा खानपान र जीवनशैली परिवर्तनको ठूलो भूमिका हुन्छ। तर कतिपय अवस्थामा खानपान र जीवनशैली मात्र पर्याप्त हुँदैन। औषधिको खाँचो पर्छ। रक्तचाप जतिसुकै उच्च भए पनि बिरामी सकेसम्म औषधि सेवन नगरी खानपान र जीवनशैलीलाई नै प्राथमिकता दिन खोज्छन्।

मनोवैज्ञानिक कारण
जनमानसमा उच्च रक्तचाप उमेर पुगिसकेपछि मात्र हुने गर्छ र उनीहरुले मात्र औषधि सेवन गर्नुपर्छ भन्ने सोचाइ छ, जुन मैले अनुभव गरेको छु। विशेषगरी ४० वर्षभन्दा कम उमेरका युवायुवतीमा यस्तो खालको सोचाइ रहेको छ। आफू अझै युवा नै रहेको र कम उमेरमा नै औषधि खानु उपयुक्त नहुने सोचाइ उनीहरुमा छ। यही कारण उनीहरु औषधि सेवन गर्न चाहँदैनन्।

के हो वास्तविकतारु
– मानिसमा जुन उच्च रक्तचापको औषधि एक पटक सुरु गरेपछि आजीवन खानुपर्छ भन्ने सोचाइ छ, त्यो विल्कुल गलत हो। सबै मानिसमा त्यो लागू हुँदैन। मुटुको अवस्था, शरीरका अन्य महत्वपूर्ण अंगहरुको अवस्था, खानपान र जीवनशैली यी सबै कुराले औषधि कहिलेसम्म खानुपर्ने भन्ने निर्धारण गर्छ। कुनै बिरामीले आजीवन नै औषधि खानुपर्ने पनि हुनसक्छ। तर त्यो उनीहरुको स्वास्थ्य अवस्था हेरेर हुन्छ।

– लक्षण देखिएन भनेर कुनै बिरामीले औषधि खान खोज्दैनन् जुन गलत हो। सबै बिरामीमा उच्च रक्तचापको लक्षण देखिन जरुरी छ भन्ने छैन। कोही बिरामीमा थोरै मात्र बढेको रक्तचापमा पनि लक्षण देखिन सक्छ भने केही बिरामीमा रक्तचाप जति बढे पनि लक्षण नदेखिन सक्छ। लक्षण देखिनुभन्दा नदेखिनु झन् धेरै जोखिमपूर्ण हुनसक्छ किनभने लक्षण नभएका बिरामीले आफू स्वस्थ छु भन्ने सोचेर लापरबाही गर्छन्। तसर्थ लक्षण देखिए पनि वा नदेखिए पनि उच्च उक्तचापको औषधि सेवन गर्न नितान्त जरुरी हुन्छ।

– औषधिको असर ९साइड इफेक्ट० को त्रासका कारण पनि बिरामीहरु औषधि सेवनबाट पन्छिन् खोज्छन्। उच्च रक्तचापको औषधि लामो समयसम्म खानुपर्ने भएपछि असर पनि धेरै नै हुन्छ भन्ने सोचाइले औषधि नै खान नखोज्नु गलत हो। सायद असर नगर्ने कुनै औषधि नै छैन होला तर औषधिको असरभन्दा पनि ठूलो कुरा उच्च रक्तचापको विभिन्न अंगहरुमा हुने नकारात्मक असरलाई रोक्नु महत्वपूर्ण कुरा हो।

– आर्थिक अवस्था दर्शाउँदै औषधि सेवन गर्न नखोज्नु क्षणिक सोच हो। वर्तमानमा आर्थिक समस्याले उच्च रक्तचापको औषधिलाई नकारेर भविष्यमा त्यसबाट ठूलो क्षतिको सामना गर्नुपर्ने हुनसक्छ। तसर्थ आर्थिक समस्या देखाएर उच्च रक्तचापको औषधि सेवन गर्न नखोज्नु मुर्खता नै हो।

– कुलतलाई प्राथमिकता दिएर उच्च रक्तचापको औषधि सेवन गर्न नखोज्नु भनेको जानीजानी आगोमा हाम फाल्नु जस्तै हो। अमृतलाई त्यागेर विष रोज्नु जस्तै हो। तसर्थ कुलतलाई त्यागेर आफ्नो स्वास्थ्यको ख्याल राख्दै उच्च रक्तचापलाई नियन्त्रणमा राख्नको लागि चिकित्सकले दिएको औषधि सेवन गर्नु बुद्धिमान मानिन्छ।

– खानपान र जीवनशैली परिवर्तनले मात्र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सजिलो छैन। तसर्थ औषधिको आवश्यकता पर्छ।

औषधिको मुख्य उद्देश्य उच्च रक्तचापलाई मात्र नियन्त्रण गर्नु होइन। त्यसबाट पर्न जाने हानिलाई रोकथाम गर्नु पनि हो, जुन शरीरका विभिन्न महत्वपूर्ण अंगहरुमा देखिने सम्भावना हुन्छ। त्यसैले उच्च रक्तचापको अवस्थामा औषधि सेवन गर्न दोमन नगर्दा नै उत्तम हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]