न्यूजमधेश डेस्क काठमाडौं,३ असोज। नेपालको संविधान २०७२ जारी भएयता पहिलोपटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिएका छन्। अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना दिँदै उनले हरेक नागरिले संविधानको सम्मान गर्नुपर्ने र देशप्रतिको कर्तव्यमा पछि पर्न नहुने बताएका छन्। दोस्रो संविधानसभाबाट २०७२ असाज ३ गते संविधान […]
न्यूजमधेश डेस्क काठमाडौँ ,३ असोज । आठौँ संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू […]
न्यूजमधेश डेस्क काठमाडौं,१ असोज।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको तीनकुनेको समस्या किन समाधान नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रश्न गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले ५० वर्षदेखिको तीनकुनेको जग्गाको समस्याका सन्दर्भमा आफैंले किन समाधान नगरेको भन्दै राष्ट्रपति र नेपाललाई प्रश्न गरेका हुन्। […]
न्यूजमधेश डेस्क काठमाडौं ,१ असोज। प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
न्यूजमधेश डेस्क राजविराज ,१ असोज ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गतका वडाहरुमा विभिन्न कार्यक्रम गरि डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रमकाे तिब्रता दिदै छन् । साेहि गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी बीच गत मंगलबार भएको बैठककाे निर्णय अनुसार साे कार्यक्रम आयाेजना गरेकाे हाे । गाउँपालिका भरि लाउडस्पिकरसहित वडा, विद्यालय र स्वास्थय संस्थामा ब्यानर झुन्डियाउनुकासाथै आर आर […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ भाद्र।स्वास्थ्य सेवा सुधारको माग राख्दै धनगढीमा आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन […]
न्यूजमधेश डेस्क नेपालगञ्ज ,३१ भाद्र। प्रहरीले ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका–४, एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई ४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। चौधरी भारतबाट पैदल आइरहेका थिए। प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउन सुगर फेला […]
न्यूजमधेश डेस्क काठमाडौँ ,३१ भाद्र।काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुझावमा जवाफ फर्काएका छन्। यसअघि सामाजिक सञ्जालमार्फत भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर्छ तर फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’ […]