२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीद्वारा प्रदर्शन

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहामा प्रदर्शन गरेका हुन्। राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प […]

न्यूजमधेश डेस्क काठमाडौं,४ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सकस खेपिरहेको सत्ता गठबन्धन मंगलबारदेखि पुनः छलफलमा जुटेको छ। तर, विगतझैं गठबन्धनमा आबद्ध दलका नेताहरुको आ–आफनै अडानले मंगलबार बसेको दुई चरणको बैठक पुनः निष्कर्षविहीन भएको छ। नेताहरु थप गृहकार्यसहित बुधवार छलफलमा बस्ने भएका छन्। यसअघि पनि गठबन्धनले घण्टौसम्म दैनिकजसो यस्ता बैठकहरु गर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असोज।जनता समाजवादी पार्टी(जसपा)का नेता अमरनाथ यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ स्थित पथलगाढा चौकमा आयोजित क्षेत्रीय आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि नेता यादवसहित २ हजार भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले नवप्रवेशीहरुलाई फुलमाला लगाएर […]

न्यूजमधेश डेस्क नयाँदिल्ली ,४ असोज। भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र […]

न्यूजमधेश डेस्क काठमाडौँ,४ असोज।राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अविरल […]

न्यूजमधेश डेस्क बाँके,४ असोज । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट विनियोजन गरिएको । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि रु २० लाख पचास हजार बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका अनुसार ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरणका लागि विनियोजित रकम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असोज। सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। सोमबार साँझ हावाहुरी र वर्षासँग परेको चट्याङ लागेर ईश्वरपुर नगरपालिका १२ गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको हो। चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकले घलानलाई मृत घोषणा गरिदिएपछि उनको शव […]

न्यूजमधेश डेस्क काठमाडौँ,४ असोज। संघीय संसद्को दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । तर, राष्ट्रपति भण्डारीले भने […]