२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

मधेश प्रदेश : उपचारमा लापरबाही गरेको भन्दै सञ्चालक र चिकित्सकलाई कारवाहीको माग

हरिशंकर शर्मा वीरगंज । वीरगञ्ज हेल्थ केयर अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तहरुले विरोध प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पर्साको छिपहरमाई गाउँपालिका–२ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको उपचारमा लापरवाही गर्ने वीरगञ्ज हेल्थ केयर अस्पताल एवं चिकित्सकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा २ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ भाद्र।मधेशी एकता समाजले भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका एक नेपालीलाई उद्धार गरेको छ। उनि सप्तरी जिल्लाको तोपा–कजौलीका ललित कुमार मण्डल हुन। आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो । […]

अनमोल कार्की रौतहट ,५ भाद्र। बर्दी लगाएर स्टेजमा अश्लिल हाउभाउसहित नृत्य गरेपछि रौतहटमा एक प्रहरी अधिकारी विवादमा तानिएका छन् । रौतहट जिल्लाको गढिमाइ नगरपालिका वडा नम्बर ७ धर्मपुर चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) राजकिशोर साह प्रहरीकै बर्दी लगाएर सार्वजनिक स्थानमा नाचेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी […]

न्यूजमधेश डेस्क बाँके,५ भाद्र । खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा यहाँस्थित खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो । बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो । […]

न्यूजमधेश डेस्क काठमाडौं,४ भाद्र । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले बताएको छ । उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो । लामो समय […]

न्यूजमधेश डेस्क वीरगञ्ज,४ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । उनीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ भाद्र।मधेश प्रदेशका बारामा अबैध लागू औषधसहित २ जना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार कलैया उपमहानगरपालिका-२० गण्डक नहरस्थित बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु नियन्त्रणमा लिएका हुन। भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना कोरैया – १ का ३२ वर्षीय चन्दन मिश्रा र २५ वर्षीय धर्मजित कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमामा लिएको हो […]

न्यूजमधेश डेस्क ढल्केवर,४ भाद्र।धनुषाको शहीद नगरपालिका–५, पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन् । मुसहर टोलका ३५ वर्षिय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लाउनु समस्याले बिचल्लीमा परेका हुन् । सदाको आर्थिक अवस्था दयनीय छ । आर्थिकरुपले लाचार सदाले बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको छाप्रोमा […]