न्यूजमधेश डेस्क बारा,४ भाद्र । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा […]
न्यूजमधेश डेस्क रौतहट,४ भाद्र। रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो । सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ भाद्र।पछिल्लो समय युवा पस्ताले केही फकर किसिमले आफ्नो जन्मदिन मनाउन थालेका छ्न। जन्मदिनमा गरिने फजुल खर्चलाई न्यूनीकरण गर्नको लागि सामाजिक कार्यमा लगाउनु सकारात्मक कार्यको त्यसैको आत्मसाथ गर्दै जनकपुरकी सान्वी भगतले १९ औं वर्ष पार गरि २० औ जन्मदिनको अवसर पारेर जानकी बृद्वाआश्रममा खाद्यान्न सामग्री वितरण गरेकी छिन् । उक्त आश्रममा रहेका आमाहरुको […]
न्यूजमधेश डेस्क नेपालगञ्ज,४ भाद्र।नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ भाद्र।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टीका १५० जना नेता/कार्यकर्ताहरु प्रवेश गरेका छ्न। शुक्रबारमा जनमत पार्टी सर्हालीको आयोजनामा राखिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता दिलिप कर्ण र जसपाका नेता रामविश्वास रायसहित विभिन्न पार्टी परित्याग गरि १५० जना जनमतमा प्रवेश गरेका हुन। उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले […]
न्यूजमधेश डेस्क मकवानपुर ,४ भाद्र। मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा […]
न्यूजमधेश डेस्क काठमाडौं,३ भाद्र।आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो। त्यही अवसर पारेर शुक्रबार श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ। कृष्णलीला कथा प्रवचन हुने गरेको छ। […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ भाद्र। एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् । साहलाई जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ […]