न्यूजमधेश डेस्क काठमाडौं,२८ असार । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति […]
कमलेश ठाकुर जनकपुरधाम,२८ असार । एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ । एसिड विक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । “नागेन्द्रका मानिसले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छ,” उनले भनिन्, “मेरो […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ असार ।आज मंगलबार देशका चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिभिन्न माग राख्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत् पठाइएको ज्ञापनमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई बर्तमान कानुन अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसहेकाले द्रूत गतिमा अगाडि बढाई कार्यान्वयन गर्न माग गरिएको छ । मधेश÷थरुहट […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार । धनुषाबाट एक जना मिटरव्याजी पक्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा ऋण लगानी गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ बस्ने ४१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले स्थानीय शिवशंकर साहसहित बिभिन्न व्यक्तिलाई बिभिन्न मितिमा रकमको पाँच गुणा बढी कपाली तमसुक बनाई सो वापत […]
न्यूजमधेश डेस्क राजविराज, २७ असार ।सप्तरीका प्रशासन प्रमुखहरुले वर्षाका लागि सोमबार सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा स्थित बाबा बनस्खण्डी मठमा पूजा गरेर वर्षाका लागि गुहार गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले लगायत सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरुको टोलीसँगै मठमा पुगि वर्षाका लागि गुहार गर्दै […]
न्यूजमधेश डेस्क नयाँ दिल्ली,२७ असार। भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ। पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार […]
न्यूजमधेश डेस्क सिरहा,२७ असार। प्रहरीले अबैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।