न्यूजमधेश डेस्क काठमाडौं,२९ असार। काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाएका छन् । सुरक्षाकर्मी, स्थानीय तहका दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेनाका चण्डीदल गणबाट खटिएको फायर फाईटीङ्ग टोली, […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२९ असार।जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ । बुधबार दिउँसो वीरगन्जमा नेता यादवले बैठक उद्घाटन गरेका हुन् । विभाजनको तयारीमा रहेको जसपाका दुई प्रमुख नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला गर्दै आएका छन् । यसअघि बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । तपाईले माथि देख्नु भएको ब्रह्माण्डको पहिलो रंगीन छवि नासाको जेम्स वेब टेलिस्कोपबाट लिइएको हो। चम्किलो ग्यालेक्सीहरूले भरिएको ब्रह्माण्डको सबै पहिले जारी गरिएका तस्बिरहरूमध्ये यो सबैभन्दा स्पष्ट तस्वीर हो। यो उच्च रिजोल्युसन तस्वीर हामी सम्म पुग्न धेरै अरब वर्ष लाग्यो। यो तस्विर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मंगलबार ह्वाइट हाउसमा ब्रीफिंगको क्रममा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९असार । अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाएका हुन्। यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएकी हुन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरुलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२८ असार।अगामी मंसिरमा हुने प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका नेता लखन दासले चुनाव लड्ने भएको छ। मंगलबार कमला नगरपालिका -७ जागिर टोलमा नेकपा एमालेका नेता कार्यकर्ताहरु संग भेटघाट गर्दै नेता दासले आफू धनुषाको निर्वाचन क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा चुनाव लड्ने बताउनुभएको छ। उनले चुनावको तयारीमा जुटेका हुन।नेता दास प्रत्येक दिन आफ्ना […]
न्यूजमधेश डेस्क काठमाडौं ,२८ असार। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाएका हुन् । मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२८ असार।जनता समाजवादी पार्टीका नेता शत्रुधन प्रसाद साहले पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छ्न। नेता साह मंगलबार जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यालय जनकपुरधाममा पुगेर पार्टी प्रवेश गर्नुभएको छ। उनी जसपाका संघीय परिषद सदस्यसमेत रहेका थिए।उनलाई पार्टी अध्यक्ष डा.सीके राउतले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेको छ। गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय […]
अनमोल कार्की रौतहट ,२८ असार ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको नमुना विद्यालय जनज्योति माविका लेखापालले नमुना काम गरेका छन् । सो विद्यालयका लेखापाल जागरण खड्काले रद्द भइसकेको चेकबाट कसैलाई थाहा नदिइकन रकम निकालेका छन् । विद्यालयले पाठ्यपुस्तक खरिद गरे वापत भुक्तानी गर्न विद्यालयका शिक्षक लक्ष्मण खनालको नाममा जेठ २५ गते राष्ट्रिय वाणिज्य […]