न्यूजमधेश डेस्क बारा,३० जेष्ठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौडाबाट वीरगन्जतर्फ जाँदै […]
न्यूजमधेश डेस्क काठमाडौं,३० जेष्ठ । स्थानीय तह निर्वाचनको समिक्षा गर्न नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा बस्नेछ । खासगरी आजको बैठकका लागि चार एजेण्डा तय भएको एमालेले जनाएको छ । जसमा आगामी निर्वाचन तथा स्थानीय तहको निर्वाचन समिक्षा, जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता […]
न्यूजमधेश डेस्क रुपन्देही, ३० जेष्ठ। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । उनले आफूलाई शासक नठानी जनताको सेवक भएर जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । आइतबार जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुपन्देहीको लुम्बिनी आएका डा. राउतले यस्तो निर्देशन दिएका […]
न्यूजमधेश डेस्क टीकापुर,३० जेष्ठ । मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् । अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध […]
न्यूजमधेश डेस्क काठमाडौं,३० जेष्ठ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो । आयोगका एक आयुक्तले […]
न्यूजमधेश डेस्क इनरुवा,२९ जेष्ठ । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् । मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ जेष्ठ । प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको भाउ बढेको हो ।नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ । चिनीको मूल्य वृद्धि भए पनि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ जेष्ठ ।धनुषाको कमला नगरपालिका -३ लगमामा चट्याङबाट एक बालिकाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यलय खजुरीका अनुसार स्थानीय भोगेन्द्र दासको छोरी १३ वर्षीय रंजना कुमारी दासको चट्याङ लागेर मृत्यु भएको हो। आइतबार आफ्नै घर नजिकै हावाले झारेको आँप टिप्न गएको बेला बगैँचामै चट्याङ लागेर ती बालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिए । […]