न्यूजमधेश डेस्क कैलाली ,१ जेष्ठ । कैलाली टीकापुर नगरपालिका– ५ रेशम चौधरीको पार्टी प्यानलसहित विजयी भएको छ । परिणाम अनुसार वडाअध्यक्ष वलवीर थारु ८२० मतसहित विजयी भएका हुन् । त्यस्तै सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्य बासमती चौधरी ८६२ र दलित सदस्य सरिता भुल ८९६ सहित विजयी भएका हुन् ।
न्यूजमधेश डेस्क बर्दिबास ,१ जेष्ठ । महोत्तरीको बर्दिबासमा स्वतन्त्रले वडामा खाता खोलेको छ । बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव(भोरिल) १ मतले बिजय भएको छ । यादवले ७२७ मत ल्यएर बिजय भएको बर्दिबास निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए । उनको निकट प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार […]
न्यूजमधेश डेस्क सिरहा ,१ जेष्ठ । सिरहा नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा निर्वाचित मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ […]
न्यूजमधेश डेस्क राजविराज ,१ जेठ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयर र उपमेयरमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्। उपमेयरमा पनि जनमत पार्टीकी रेखादेवी मण्डलले अग्रता लिएकी छन्। उनले […]
राजेन्द्र महरा खजुरी ,३१ बैशाख । धनुषामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा उक्त पार्टीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् । गोइतले ४ सय १२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देबनाथ मैरता यादवले ३ सय २४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३१ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार दिपिन देव यादव अग्रसरता देखाएको छ। अहिलेसम्म १३ सय ६९ मतगणना गर्दा पहिलो स्थान जसपाका उम्मेदवार अध्यक्षमा दिपिन देव यादवले ५३६ मत आएको छ। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारलाई ३४३ ,नेकपा एसका उम्मेदवारलाई २९२,लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारलाई ९४ मत प्राप्त गरेको छ। त्यस्तै […]
न्यूजमधेश डेस्क रुपन्देही ,३१ बैशाख ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मतगणना भैरहेको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता देखिएको छ। अहिले सम्म ५ सय मत गणना गर्दा जनमत पार्टीको मेयर पदको उम्मेदवार चन्द्रकेश गुप्ता ( सीके गुप्ता ) १५७ तथा उपमेयरतर्फ १४९ मत आएको छ । त्यस्तै एमालेका उम्मेदवारलाई ६७ र उपमेयरलाई ६१ […]
न्यूजमधेश डेस्क सर्लाही ,३१ बैशाख । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीमा नेपाली काँग्रेसले मलंगवा नगरपालिका १ बाट विजय सुरुवात गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका १ […]