न्यूजमधेश डेस्क काठमाडौं,२ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्। उनलाई कांग्रेसकी सृजना सिंहले पछ्याइरहेकी छन्। सिंहले ३ हजार ७ सय ४० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। स्थापितले २ हजार ८ सय […]
न्यूजमधेश डेस्क रुपन्देही ,१ बैशाख । रुपन्देहीको गैडहवा गाउँपालिका २ मा जनमत पार्टीको प्यानसहित विजय भएको छ। गाउँपालिकाको वडा नम्बर २ मा सराजुदधिन धुनिया विजय भएको छ।उनी ५७८ मत प्राप्त गरेर निर्वाचित भएको छ। उनका निकटतम प्रतिद्धन्दी लोसपाका उम्मेदवार कडक बहादु अहिर ५६२ मत प्राप्त गरी पराजित भएको छ ।
न्यूजमधेश डेस्क तिनकौरीया,१ बैशाख । धनुषाको विदेह नगरपालिका ४ मा कांग्रेसका प्यानसहित विजयी भएको छ। निर्वाचन अधिकृत कार्यलय तिनकौरीयाका अनुसार नगरपालिका ४ मा नेपाली कांग्रेसका उम्मेदवार वाजिद प्रमानी निर्वाचित भएको छ। उनलाई ६९८ मत प्राप्त गरि विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार बिनोद गोहितमान २८८ प्राप्त गरि प्राजित भएको छ।
न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख ।धनुषाको विदेह नगरपालिकामा नेकपा एसका राजकिशोर यादव अग्रता देखिएको छ। राज किशोर रोहितालाई १५ सय ७४ मत प्राप्त गरि उनी पहिलो स्थानमा पुगेको छ। त्यसैगरी प्रतिद्वन्दीमा नेकपा एमालेका बेचन दासले १५०४ मत प्राप्त गरेको छ।भने कांग्रेस योगेन्द्र यादवले ७६३ मत पाएको छ।
न्यूजमधेश डेस्क राजविराज,१ बैशाख । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ मा जनमत पार्टीको प्यानसहित विजय भएको छ। नगरपालिका १ मा सुरेन्द्र मण्डल प्यानसहित विजय भएको छ।उनी १६७० मत प्राप्त गरेर निर्वाचित भएको हो। उनका निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवार ४८४ मत प्राप्त गरी पराजित भएको छ ।
न्यूजमधेश डेस्क खजुरी,१ बैशाख । धनुषाको कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार यादव ४२६ मतान्तरले विजयी भएको छ। उनले ९९१ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्धन्दी जसपाका राज कुमार यादवले ५६५ मत प्राप्त गरी पराजित भएको छ ।
प्रविन पण्डित खजुरी,१ बैशाख । धनुषाको जनकनन्दिनी गाउँपालिका २ मा नेपाली काँग्रसको अब्दुल मालिक विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार मालिक ७०मतान्तरले विजयी भएको छ। उनले ५९७ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्धन्दी जसपाका अशोक कुमार मण्डलले ५२७ मत प्राप्त गरी पराजित भएको छ ।
न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख । धनुषाको सबैला नगरपालिका वडा नं.१ मा नेपाली काँग्रसको मिथिला साह विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार साह २३७ मतान्तरले विजयी भएको छ। उनले ५५३ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्धन्दी कपिल राउत गडेरीले ३१३ मत प्राप्त गरी पराजित भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका श्याम किशोर साहले […]