न्यूजमधेश डेस्क जनकपुरधाम,३१ बैशाख ।धनुषाको कमला नगरपालिकामा मतगणना सुरु भएको छ। नगरपालिकाको कार्यलय स्थित निर्वाचन अधिकृत कार्यलयमा माची झिटकहियामा मतगणना भैरहेको छ। नगरपालिकाका वडा नम्बर १ र ९ का मतगणना सुरु भएको निर्वाचन अधिकृत कार्यलय माची झिटकहियाले जानकारी दिएको छ।
न्यूजमधेश डेस्क जनकपुरधाम, ३१ बैशाख ।धनुषाको लक्ष्मिनिया गाउँपालिकामा मतगणना सुरु भएको छ । उक्त गाउँपालिकाको सुरुवाती मतगणनामा पालिका अध्यक्ष र उपाध्यक्षमा सिके राउतको जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष उपाध्यक्षले क्रमश १६१ र १२३ मत ल्याउँदा प्रतिस्पर्धी जसपाका उम्मेदवारले क्रमश १०४ र १०२ मत ल्याएका छन् । सुरुवाती चरणमा यो पालिकामा एमाले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ बैशाख । जनकपुरधाम उपमहानगरपालिकामा बिहानदेखि मतगणना जारी छ । वडा नम्बर १ को ४ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् । साहले १ सय ३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ४५ र अर्का […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३१ बैशाख । धनुषाको कमला नगरपालिकाको मतगणनाबारे निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ । मतपेटिका निर्वाचन अधकृत कार्यलय माची झिटकहियामा संकलन गरे लगतै सर्वदलीय बैठक सुरु भएको हो । बैठकको निर्णयका आधारमा मतगणना सुरु हुने बताइएको छ ।
न्यूजमधेश डेस्क जनकपुरधाम,३० बैशाख ।धनुषाको मिथिला नगरपालिका ९ सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्। मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो। उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी […]
न्यूजमधेश डेस्क सप्तरी,३० बैशाख । सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ । डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० बैशाख । धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेका छन् । नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । विवादबारे बुझेपछि आफू उक्त मतदानस्थलमा पुग्न लागेको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले जानकारी दिए […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ बैशाख । धनुषाको कमला नगरपालिकामा मतदातालाई रकम वितरण गरेकाे आराेपमा एक जना वडा सदस्य पदका उम्मेदवार पक्राउ परेका छन् । बिहीबार राति वडा नम्बर ७ मा रकम बितरण गर्न लाग्दा सोही वडाका सदस्य पदका उम्मेदवार बेचन महतो पक्राउ परेका हुन् । उनी कांग्रेसबाट उम्मेदवारी दिएका छन् । महताेले रकम वितरण गरिरहँदा स्थानीयले […]