०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

नेपाली कांग्रेसले भ्रातृ संगठन भंग गर्‍यो

न्यूजमधेश डेस्क काठमाडौं,३ फागुन । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ फागुन। मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ । प्रदेश सरकारको चार वर्षे कार्यकाल पूरा गरेपछि आफ्नो उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ फागुन।जनकपुरमा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। जनमत पार्टीले जनकपुरधाममा उपमहानगरपालिका ७ वाल्मीकि नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,नेपाली कांग्रेस र लोसपा परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा […]

न्यूजमधेश डेस्क राजविराज,१ फागुन ।सप्तरीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रदेश गरेका छन् । आइतबार जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष ऋषिकेश ठाकुरको अध्यक्षतामा गाउँपालिकाका वडा नम्बर ७ मा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बविता ईसरले नवप्रवेशी नेताकार्यकर्तालाई फुलमाला टीका र सदस्यता प्रदान गरी पार्टी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ फागुन ।आजदेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिएन । नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ फागुन।पहिलोपटक मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन नेकपा माओवादीले २०५२ आजकै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा आज माओवादीहरूले जनयुद्ध दिवस मनाउने गरेका छन् । तर मधेस सरकारकै तर्फबाट भने यो दिवस पहिलोपटक मनाउन लागिएको हो । मधेस सरकारले आज […]

न्यूजमधेश डेस्क काठमाडौँ, २८ माघ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका शिर्ष नेताहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्। किसान आन्दोलनबारे आज गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका शिर्ष नेताहरुले भेटवार्ता गरेका हुन् । मुद्दाको सम्बोधनको विषयमा जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग छलफल गरेका छन् । निरन्तर किसान आन्दोलन […]

न्यूजमधेश डेस्क काठमाडौं, २७ माघ। सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई मिलाउन सभामुखले पहल गर्नुपर्छ। त्यसैले सभामुखलाई प्रतिनिधिसभाको ‘स्वतन्त्र र निष्पक्ष प्रतिनिधि’ का रूपमा लिइन्छ। […]